Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेपाल एसबिआई बैंकद्वारा गोरखा बनौतीको जनज्योती विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग

नेपाल एसबिआई बैंकद्वारा गोरखा बनौतीको जनज्योती विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग

images

इच्छाकामना न्युज

३०, कार्तिक २०७८
नेपाल एसबिआई बैंकद्वारा गोरखा बनौतीको जनज्योती विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग
images

गोरखा, ३० कार्तिक । नेपाल एसबिआई बैंकले गोरखाको एक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ। आज एक कार्यक्रमको आयोजना गरि बैंकले शहिद लखन गाउँपालिका ३ बनौतीमा रहेको जनज्योति प्राथमिक विद्यालयलाई २ थान कम्प्युटर र १ थान प्रिन्टर सहयोग गरेको हो।

उक्त सामाग्री बैंकको आँबुखैरेनी शाखा प्रबन्धक प्रबिन खड्काले विद्यालयका प्रध्यानाध्यापक मेदनदत्त कोइराला र विद्यालय व्यवस्थापन समितिका अध्इक्ष रामकृष्ण अर्याललाई हस्तान्तरण गरे। कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सामाग्री हस्तान्तरण गरिएको बैंकका शाखा प्रबन्धक प्रविन खड्काले जानकारी दिए।

कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी इकाइका सभापति दिपक कोइराला लगायत स्थानीय अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७८ मंगलवार - २२:११:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology