मुग्लिङ । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजारमा रहेको मस्र्याङदी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा खुमप्रसाद पन्त चयन भएको छ । सहकारीको बुधबार सम्पन्न २६ औं वार्षिक साधारण सभा तथा अधिवेशनले अध्यक्षमा पन्तलाई चयन गरेको हो ।

अधिवेशनले चयन गरेको ९ सदस्यीय समितिको उपाध्यक्षमा राधा कंडेल, सचिवमा ज्ञानुदेवी पाण्डे, कोषाध्यक्षमा रीता नेपाल, सदस्यहरुमा मिन बहादुर श्रेष्ठ, शान्ता पाण्डे, तारानाथ पन्त, निरञ्जना सिलवाल, र तारानाथ पन्त चयन भएका छन्।
यस्तै संस्थाको ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको संयोजकमा लालीराम कंडेल, सदस्यमा देवबहादुर गुरुङ र वसन्ती शेरचन चयन भएका छन्।

कार्यक्रममा किशोर गुरुङको सभापतित्वमा सम्पन्न सहकारीको समुद्घाटन समारोहमा प्रमुख अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ हुनुहुन्थ्यो भने विशिष्ट अतिथिको रुपमा इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवाल, वडा नम्बर ५ का वडाध्यक्ष तेजबहादुर शेरचन, पूर्व गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, सहकारी संस्थाका संस्थापक अध्यक्ष जयलाल श्रेष्ठ, नेपाली कांग्रेसका सभापति विष्णु कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति जितबहादुर थापा लगायत ठूलो सङ्ख्यामा शेयर सदस्यहरू उपस्थित रहेका थिए।