Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

images

इच्छाकामना न्युज

२८, आश्विन २०८३
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर
images

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन् । वनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफ जेड एफ आई  मोटरसाइकल जितेका छन् भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् ।

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा खुसी थपिएको छ ।

पुरस्कार जित्दाको अनुभव सुनाउँदै धादिङको गल्छीका विजेता संजोग रिमालले भने, ‘क्यान खोल्दा यस्तो ठूलो सरप्राइज पाइएला भन्ने सोचेकै थिइनँ । पुरस्कार जितेको थाहा पाउँदा एकछिन विश्वासै लागेन । यसपालिको दशैं म्याक्स टाइगरले साँच्चिकै विशेष बनाइदियो ।’

म्याक्स टाइगरले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित विशेष कार्यक्रममार्फत ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको थियो । अभियानअन्तर्गत १८ जना भाग्यशाली उपभोक्ताले यामाहा एफ जेड एफ आई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।

अभियानअन्तर्गत सुरुवाती चरणमै तीन फरक स्थानका उपभोक्ता विजेता बनेपछि चाडपर्वको उत्साह थप बढेको कम्पनीले जनाएको छ । दशैंको अवसरमा उपभोक्तालाई पेय पदार्थसँगै खुसी, रोमाञ्च र अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको यस अभियानले आगामी दिनमा अझ धेरै उपभोक्ताको दशैं विशेष बनाउने अपेक्षा गरिएको छ ।
‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान अझै जारी रहेकाले पुरस्कार जित्ने अवसर बाँकी नै छ । म्याक्स टाइगरको प्रत्येक क्यानसँग जोडिएको सरप्राइजले उपभोक्तामा थप उत्सुकता जगाएको छ । यो दशैंमा म्याक्स टाइगरको क्यान खोल्दा स्वाद र ऊर्जासँगै ‘के थाहा, अर्को पुरस्कार आफ्नै नाममा पो छ कि’ भन्ने उत्सुकता पनि थपिरहेको छ ।

 

images
प्रकाशित मिति :आश्विन २८, २०८३ बुधवार - २०:१४:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology