यसअघि दैनिक अधिकतम १० पटकसम्म रकम जम्मा गर्न पाउने व्यवस्था रहेकामा राष्ट्र बैंकले निश्चित अवधिका लागि सीमा बढाएर दैनिक ५० पटकसम्म पुर्याएको हो।
नयाँ व्यवस्थाअनुसार दसैंका लागि २०८३ असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म दैनिक ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिनेछ।
त्यस्तै, तिहार तथा छठ पर्वलाई लक्षित गरी कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म पनि यो सुविधा लागू हुनेछ।
पर्वका समयमा डिजिटल भुक्तानीको प्रयोग बढ्ने भएकाले ग्राहकलाई सहज बनाउन राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।