Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

पर्वमा पारिवारिक भेटघाटलाई थाति राख्द्रै जनताका समस्या सुन्न व्यस्त मन्त्री सोविता गौतम

पर्वमा पारिवारिक भेटघाटलाई थाति राख्द्रै जनताका समस्या सुन्न व्यस्त मन्त्री सोविता गौतम

images

इच्छाकामना न्युज

९, कार्तिक २०८३
पर्वमा पारिवारिक भेटघाटलाई थाति राख्द्रै जनताका समस्या सुन्न व्यस्त मन्त्री सोविता गौतम
images

चितवन। पर्वको समयमा धेरैजसो राजनीतिज्ञ पारिवारिक भेटघाटमा व्यस्त रहँदा कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम भने जनताका समस्या सुन्न व्यस्त रहनुभयो । उहाँले नदी तटीय क्षेत्रका समस्यादेखि गाउँगाउँमा पुगेर जनताको समस्या र गुनासा सुन्नुभयो । माडीमा धान काटिरहेका किसानका खेतमा एकाएक उहाँ पुगेपछि धान काट्दै गरेका किसानहरू दङ्ग थिए ।

धान पाकेपछि चाडपर्व नभनी धान काटिरहेका किसानलाई भेट्न खेतमै मन्त्री गौतम पुगेपछि उनीहरूले आफ्ना समस्या र गुनासो खेतमा नै मन्त्रीसँग बिसाउन पाए । मन्त्री गौतमले माडी र भरतपुरका गाउँ–गाउँमा पुगेर दसैँको मौकामा शुभकामना आदान प्रदानसँगै स्थानीयका समस्या सुन्नुभयो । यस क्रममा भरतपुर र माडीका विभिन्न ठाउँमा पुगेर उहाँले नदी कटानका समस्या, हुलाकी सडक, कृषि उत्पादन, मल बिऊको उपलब्धता र बजार मूल्य जस्ता विषयमा चासो पूर्वक जानकारी समेत लिनुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार मन्त्री गौतमले माडीका किसानका खेतबारीमा पुगेर भेट्नुभयो । त्यहाँका अग्रजसँग आर्शिवाद समेत लिनुभयो । खनालले भन्नुभयो, “मन्त्रीलाई समस्या लिएर काठमाडौँ भेट्न जान चाहेकाहरूलाई गाउँ घरमै भेटेर समस्या तथा गुनासा सुन्नुभयो ।”

मन्त्री गौतमले नारायणी नदीको तटीय क्षेत्रको अवलोकन गरी स्थानीयवासीसँग छलफल गर्नुभएको थियो । उहाँले भरतपुर महानगरपालिका वडा नं. ३, १६, १७, २६, २७ र २८ का बासीन्दाहरूसँग प्रत्यक्ष भेटघाट गरी अपुरो रहेका तटबन्धनका काम सम्पन्न हुने विश्वास दिलाउनुभयो । स्थानीयले उठाएका जोखिम न्यूनीकरण, तटबन्ध निर्माण र बस्ती सुरक्षासम्बन्धी माग सुन्नुभयो । खनालका अनुसार नदी तटीय क्षेत्रको नारायणगढदेखि काभ्रेघाट, भङ्गेरीथान, ज्ञानेश्वर, सिद्घिगणेश, मझुवा, हिरापुरदेखि गोलाघाटसम्मका स्थानीयको नदीको जोखिमसँगै अन्य समस्याहरू पनि सुन्नुभएको थियो ।

भरतपुर १६ का नन्दप्रसाद भट्टका अनुसार भेटका क्रममा मन्त्री गौतमले नदी तटीय क्षेत्रलाई बचाउने कुरामा आफू गम्भीर रहेको र छिटै तटबन्धनका बाँकी काम सम्पन्न गर्ने बताउनुभएको थियो । सो क्रममा स्थानीयको कतिपय समस्या उहाँले तत्काल समाधानका लागि पहल अघि बढाउनुभएको थियो ।

उहाँले भरतपुर महानगरपालिका वडा न. ९, १३ लगायतका क्षेत्रहरूमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट समेत गर्नुभएको थियो । दसैँको टीका अघि गृह जिल्ला आउनुभएकी गौतमले परिवारसँगभन्दा मतदातासँग धेरै समय बिताउनुभयो । मतदाताका घर-घरमा पुग्नुभएकी उहाँलाई कतिपयले भरतपुर १५ स्थित निवासमा पुगेर पनि राति अबेरसम्म भेट गरेका थिए । क्रिकेट क्लब कर्णाली याक्सका अध्यक्षसमेत रहनुभएका गौतमका श्रीमान् गृहेन्द्र घिमिरेका अनुसार मन्त्री गौतमको अधिकांश समय आम जनता र कार्यकर्तासँग बितेको थियो ।

राति अबेरसम्म समस्या लिएर स्थानीय नेता कार्यकर्ता घरमा आइपुगेको उहाँले बताउनुभयो । दिनभरको समय मन्त्री गौतम जनताको घरदैलोमा पुग्ने गरेको घिमिरेको भनाइ छ । जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रकाश आचार्यले मन्त्री भेटेर आफ्ना समस्या राख्न चाहेकाहरूलाई निवासमा पनि भेट गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीलाई दसैँमा अरुमा ध्यान थिएन ।

मतदाताहरू जति सकिन्छ धेरैसँग भेट गर्नु थियो ।” सोहीअनुसार भेट गरेर उहाँ फर्कनुभएको आचार्यले जानकारी दिनुभयो । मन्त्री गौतमका हजुरआमा बितेका कारण आफूले टीका नलगाए पनि शुभकामना आदानप्रदानसहित जनताको माझमा अधिकांश बिदाको समय उहाँले बिताएको आचार्यले बताउनुभयो ।

दसैँको बिदामा मन्त्री गौतमले जिल्ला आउनुभएका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँग भेट गराउनुभएको थियो । गौतम चितवन क्षेत्र नं.३ को प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँ निर्वाचित भएसँगै माडी जाने हुलाकी सडकको निकुञ्ज क्षेत्रमा कालोपत्रे सडकको प्रक्रिया अघि बढेको छ । नारायणीमा बाँकी तटबन्धनका काम अघि बढेका छन् । यस्तै माडी लगायतका क्षेत्रमा पुल, सडकलगायतका विकास निर्माणका काम अघि बढेका छन् ।

 
 

images
प्रकाशित मिति :कार्तिक ९, २०८३ आइतवार - १७:०६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology