काठमाडौँ । अर्थ मन्त्रालयले मुलुकको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य दबाबका बहुआयामिक असरहरू औंल्याएको छ । मन्त्रालयले सार्वजनिक गरेको अर्थ बुलेटिनमा भोटेकोशी बाढीका कारण चालु आर्थिक वर्षमा राजस्व संकलन र आर्थिक वृद्धि गम्भीर रूपमा प्रभावित हुने प्रक्षेपण गरिएको छ ।
अर्थमन्त्रालयले विकास खर्चको दयनीय अवस्था, घट्दो वैदेशिक सहायता र बढ्दो सार्वजनिक ऋणले अर्थतन्त्रको संरचनात्मक कमजोरीलाई उजागर गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार भदौ १० गतेको भोटेकोशी बाढीले अर्थतन्त्रमा गम्भीर असर पारेको छ । बाढीका कारण ४३१ मेगावाट देशको कुल जडित क्षमताको करिब १० प्रतिशत विद्युत् उत्पादन प्रभावित भएको छ ।
पर्यटन र पूर्वाधारमा पुर्याएको क्षतिका कारण कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को करिब ११ प्रतिशत अर्थात् ७ खर्ब २३ अर्ब बराबरको पुनर्निर्माण आवश्यकता सिर्जना गरेको छ ।
राहत तथा पुनर्निर्माणमा बजेटको एक तिहाइभन्दा बढी खर्च हुने अनुमानले सरकारको दायित्व ह्वात्तै बढाएको छ । अर्कोतर्फ रसुवा–तातोपानी नाका बन्द र कर छुट लगायतका प्रावधानका कारण चालु वर्ष राजस्व संकलनमा थप चाप पर्ने मन्त्रालयको निष्कर्ष छ ।
चालु आर्थिक वर्षमा सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने निश्चित भएको छ । मन्त्रालयले चालु आवमा आर्थिक वृद्धि ३।५ देखि ४।० प्रतिशतको बिचमा मात्र सीमित हुने प्रक्षेपण गरेको छ ।
यता विश्व बैंकले ३।७ प्रतिशत र एसियाली विकास बैंकले ४।१ प्रतिशत अनुमान गरेका छन । गत आव २०८२र८३ मा भने ३।८५ प्रतिशत आर्थिक वृद्धि भएको अनुमान छ ।