Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विक्रम गुरुङ निर्विरोध निर्वाचित

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विक्रम गुरुङ निर्विरोध निर्वाचित

images

इच्छाकामना न्युज

१, कार्तिक २०८३
स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विक्रम गुरुङ निर्विरोध निर्वाचित
images
चितवन । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा विक्रम गुरुङ निर्विरोध निर्वाचित भएका छन् । संस्थाको शुक्रबार सम्पन्न १८ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरिएको हो ।
 
अधिवेशनबाट नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा उजिर सिंह थापा, सचिवमा चेतबहादुर श्रेष्ठ र कोषाध्यक्षमा उर्मिला गौतम निर्वाचित भएका छन् भने सञ्चालक समिति सदस्यहरूमा प्रभु थापा मगर, राखी गुरुङ र मोतीराम चौधरी निर्वाचित भएका छन् ।
853472523_1082540508117779_7427325053948716625_n.jpeg
 
त्यसैगरी, लेखा सुपरीवेक्षण समितिको संयोजकमा चम्पा तामाङ तथा सदस्यहरूमा शशिकला परियार र देवी कुमाल निर्विरोध चुनिएका छन् ।
 
सहकारी क्षेत्रसँगै सामाजिक गतिविधिमा समेत सक्रिय नवनिर्वाचित अध्यक्ष गुरुङको नेतृत्वमा संस्थाले आगामी दिनमा सदस्यहरूको आर्थिक सशक्तीकरण, सहकारीको संस्थागत विकास तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
 
गुरुङ तमु प्ये ल्हु संघ चितवनको अध्यक्षका रूपमा समेत दोस्रो कार्यकालमा नेतृत्व गरिरहेका छन् । उनी समुदायमा सामाजिक छवि र व्यक्तित्व स्थापित गरेका व्यक्तित्वका रूपमा परिचित छन् ।
 
संस्थाका अध्यक्ष कृष्णकुमार तामाङको सभापतित्वमा सम्पन्न सभाले आगामी चार वर्ष (२०८३–२०८७) का लागि नयाँ सञ्चालक समिति चयन गरेको हो ।

images
प्रकाशित मिति :कार्तिक १, २०८३ शनिवार - १०:३२:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology