Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

एनपीएलमा सुरक्षा : दैनिक हजार बढी प्रहरी परिचालन

एनपीएलमा सुरक्षा : दैनिक हजार बढी प्रहरी परिचालन

images

इच्छाकामना न्युज

९, कार्तिक २०८३
एनपीएलमा सुरक्षा : दैनिक हजार बढी प्रहरी परिचालन
images

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् ।एनपीएलकै लागि भनेर जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा योजना बनाएर काम सुरू गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार,हिजो शनिबार मात्रै सीडीओसहितको टोली कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियम पुगेर अवलोकन गरिएको छ । प्रहरीले एनपीएलका लागि विभिन्न भागमा वर्गीकरण गरेर सुरक्षा तय गरेको छ ।

खेलाडीको सुरक्षादेखि, उनीहरू बस्ने आठ वटा होटलको सुरक्षा, होटलबाट स्टेडियम जाँदाआउँदाको सुरक्षा, ट्राफिक व्यवस्थापन, खेल भएको बेला स्टेडियम तथा दर्शकको सुरक्षा गरी वर्गीकरण गरेर सुरक्षा प्रदान गरिने एसएसपी घिमिरेले बताए ।

खेलको उद्घाटन र समापनमा भीआईपी, भीभीआईपी सवारी हुने भएकाले उनीहरूको सुरक्षा पनि विशेष ख्याल गर्नेगरी व्यवस्था मिलाइएको उनले बताए । यी सबै सुरक्षाका लागि दैनिक एक हजार प्रहरी परिचालन हुने बताइएको छ । यसमा सादा पोशाकका प्रहरी पनि समेटिनेछन् । त्यस्तै सीसीटीभीबाट निगरानी गर्नेदेखि ड्रोनमार्फत निगरानी गर्ने र डग स्नीफिङ समेत गरिने प्रहरीले बताएको छ ।

अहिले स्टेडियम वरपर सीसीक्यामेरा समेत जडान गरिएको त्यहाँको निगरानी स्टेडियममै खटिएका प्रहरीले गर्नेछन् । अन्यत्रको सीसीक्यामेराका निगरानी भने प्रहरीको सीसीक्यामेरा कन्ट्रोल रुमबाट हुनेछ । नेपाल प्रहरी बाहेक बाह्य सुरक्षामा सशस्त्र प्रहरी पनि खटिने बताइएको छ ।

images
प्रकाशित मिति :कार्तिक ९, २०८३ आइतवार - १४:४५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology