Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

तनहुँ उद्योग वाणिज्य संघ सत्रसय बरादी इकाइ समितिमा निर्बिरोध नयाँ कार्य समिति चयन 

तनहुँ उद्योग वाणिज्य संघ सत्रसय बरादी इकाइ समितिमा निर्बिरोध नयाँ कार्य समिति चयन 

images

इच्छाकामना न्युज

२३, चैत्र २०७७
तनहुँ उद्योग वाणिज्य संघ सत्रसय बरादी इकाइ समितिमा निर्बिरोध नयाँ कार्य समिति चयन 
images

आँबुखैरेनी, २३ चैत । तनहुँ उद्योग बाणिज्य संघ सत्रसय बरादी बजार इकाइ समतिको २५ औ साधारण सभा तथा ११ औ अधिबेशनबाट निर्बिरोध नयाँ कार्यसमिति चयन गरिएको छ । अधिबेशनले निर्बिरोध रुपमा जमिलदिन मियाको अध्यक्षतामा  ११ सदस्यीय नयाँ कार्यसमिति र ५ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । 

समितिको प्रथम उपाध्यक्षमा खजराज गौली, उपाध्यक्षमा सारदा पण्डित, सचिवमा प्रेम बहादुर तामाङ,  कोषाध्यक्षमा बद्री शर्मालाई चयन गरिएको हो। यसैगरी सदस्यहरूमा उद्धव पौडेल, संचित बाबु श्रेष्ठ, मिना देबी ओलिया, चेतप्रसाद अधिकारी, लाल कुमार श्रेष्ठ, रोशन सेंढाईलाई चयन गरिएको छ । 

यस्तै, समितिको सल्लाहकार समितिमा बिष्णु पन्थ, मुकुन्द अधिकारी, ऋषिराम अधिकारी, बेदुप्रसाद कडेल, पद्मराज अधिकारीलाई चयन गरिएको समितिले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २३, २०७७ सोमवार - २२:४०:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology