Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

देवघाटमा बर्षेनी करोडौं मुल्यको सुन्तला उत्पादन, बजारसँग सडक संजाल नजोडिदा ढुवानीमा समस्या

देवघाटमा बर्षेनी करोडौं मुल्यको सुन्तला उत्पादन, बजारसँग सडक संजाल नजोडिदा ढुवानीमा समस्या

images

इच्छाकामना न्युज

१४, पौष २०८१
देवघाटमा बर्षेनी करोडौं मुल्यको सुन्तला उत्पादन, बजारसँग सडक संजाल नजोडिदा ढुवानीमा समस्या
images

देवघाट। तनहुँको देवघाट गाउँपालिकाका विभिन्न वडामा यस वर्ष करोडौंको सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादनमा देवघाट नेपालमै प्रख्यात मानिन्छ । देवघाटको वडा नम्बर ३ को बाटक, लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराको सुन्तला नेपालकै उत्कृष्ट सुन्तलामा गनिने देवघाट–३ बाटकका कृषक हर्क बहादुर थापाले बताए ।

थापाका अनुसार यसवर्ष वडा नम्बर ३ को ति गाउँबाट मात्रै तिन करोड भन्दा बढिको सुन्तला विक्री भएको छ । विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नु पर्ने बाध्यता भएका बाटकबासी केही वर्ष यता भने सुन्तला बेचेरै लखपती बनेको सुन्तला कृषक प्रेम थापाले बताए । लुङग्रिङमा एकै घरबाट २० लाख भन्दा भन्दा बढिको सुन्तला विक्री गरेको सुन्तला कृषक भिमबहादुर रानाले बताए ।

देवघाटको मुख्य आम्दानी सुन्तला रहेको र यसबाटै देवघाट वडा न ३ का कृषकले आफ्नो जिविकोपार्जन गर्दै आएको कृषक हर्क थापाले बताए । नेकपा एमाले देवघाट वडा नम्बर ३ का वडा अध्यक्ष जित बहादुर थापाले यसवर्ष वडा नम्बर ३ बाट मात्रै ३ करोड भन्दा बढिको सुन्तला विक्री हुने बताए । तर रोग नलागेको भए अझै धेरै सुन्तला विक्री गर्न सकिने उनले बताए । सुन्तलामा पनि मान्छेमा जस्तै विभिन्न किसिमको रोग लागे पछि कृषक धेरै नै चिन्तित भएको भन्दै उनले सुन्तलाको बोटकोमा जरा कुहिनी र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेलो भई झर्ने रोग सुन्तलामा लागेको बताए ।

देवघाट वडा नम्बर ३ बाट बार्षिक करोडौंको सुन्तला उत्पादन भएपनि उक्त सुन्तलालाई बजारसम्म लैजान भने समस्या पर्दै आएको छ । नदी पारी रहेको लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशुली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान निकै समस्या भएको कृषक थापाले बताए । नदीमा पुल नहुँदा महंगो खर्चमा सुन्तला ढुवानी गर्नुपर्ने बाध्यता रहेको थापाले बताए ।

ङग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारयणगढ सडकको गाईघाटसम्म जिपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गेपुल तारेर राजमार्गसम्म ल्याउँछन् भने छापस्वारा र दगराका कृषकले भने ग्राभिटी रोपवे मार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौं लैजाने गरेका छन् ।

नाल्दी र गाइघाटमा पुल भएको भए सजिलो हुने भन्दै कृषक रानाले भने ‘पुल नहुँदा ढुवानी खर्च महंगो पर्न जान्छ ।’ नाल्दीमा पुलको योजना परेको थियो तर तनहुँ जलविद्युत आयोजनाको तल्लो सेती जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पुल पर्ने भएको कारण उक्त पुलको योजना पनि स्थगित भएको रानाले बताए ।

दगराका कृषक हरिकुमार श्रेष्ठले नदीमा पुल नभएको कारण यस क्षेत्रका जनताको ढुवानीको साधन नै रोपवे भएको बताए । ति गाउँबासीले गाउँमा उत्पादित सुन्तला, अदुवा, केरा तथा अन्य फलफुल रोपवेबाट नै राजमार्गसम्म झार्ने गरेको श्रेष्ठले बताए ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट गाउँपालिका तिनतिरबाट नदीले घेरिएको भन्दै पक्की पुल नहुँदा देवघाटबासीलाई निकै गाह्रो भएको बताए ।

‘देवघाटलाई तिन तिरबाट नदी ले घेरेको छ, नदीमा पुल नहुँदा ढुवानीमा समस्या भईरहेको छ’ अध्यक्ष थापाले भने ‘नाल्दीघाट, घुमाउने र गाईघाटमा पुल बन्नु पर्छ ।’ नाल्दीबाट लुङग्रिङसम्म जाने ग्रामिण सडकलाई गाउँपालिकाले सुन्तला मार्ग नामाकरण गरि बजेट विनियोजन गरेको छ । गाउँपालिकाको श्रोतले बाटो बनाएपनि पुल नहुँदा राजमार्गसम्म ल्याउन समस्या परेको अध्यक्ष थापाले बताए । यसतर्फ संघीय सरकारले यस तर्फ ध्यान दिनुपर्ने उनको भनाई छ ।

गाउँपालिकाले कृषक समुह गठन मार्फत अनुदान कार्यक्रम पनि सन्चालन गरेको अध्यक्ष थापाले बताए । सुन्तला उत्पादनलाई बढावा दिन सुन्तला नर्सरी स्थापना गरिएको छ । नर्सरीको लागि लाखौं रकम विनियोजन गरिएको र काफलडाँडामा सुन्तला नर्सरी स्थापना गरिएको अध्यक्ष थापाले बताए । उक्त नर्सरीमा विरुवा उत्पादन गरेर इच्छुक किसानहरुलाई निशुल्क विरुवा वितरण गर्ने थापाले बताए । जग्गा खाली राख्ने किसानलाई गाउँपालिकाबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित गर्ने अध्यक्ष थापाले बताए । ‘जग्गा खाली नराख्नुहोस्, हामी तपाइँहरुलाई अनुदान दिन्छौँ’ थापाले भने ‘अरु सेवा सुविधा थप गर्दै जानेछौँ ।

देवघाटका १,२,३ र ४ का विभिन्न भागमा सुन्तला उत्पादन हुन्छ । विगतमा बारीबाटै डोकोमा बोकेर नारयणगढसम्म लैजानु पथ्र्याे तर अहिले गाउँपालिकाले गाउँमा बाटो पु¥याएको छ । तर नदीमा पुल नहुँदा राजमार्गसम्म सिधै पहुँच पुगेको छैन । पुल नहुँदा यहाँ उत्पादित वस्तु बिचौलियाको माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौँसम्म पुग्ने भए पनि घुमाउनेमा पुल नबन्दा र बाटो नहुँदा यहाँका बासिन्दाले आफूले गरेको मेहनतको उचित फल पाउन सकेका छैनन् ।

images
प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - २२:१९:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology