Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मनकामना केबुलकार

मनकामना केबुलकारले मनकामनामा ४० कोठाको सुविधा सम्पन्न रिसोर्ट सञ्चालन गर्ने

मनकामना केबुलकारले मनकामनामा ४० कोठाको सुविधा सम्पन्न रिसोर्ट सञ्चालन गर्ने

images

इच्छाकामना न्युज

१७, मंसिर २०७९
मनकामना केबुलकारले मनकामनामा ४० कोठाको सुविधा सम्पन्न रिसोर्ट सञ्चालन गर्ने
images

मनकामना । मनकामना केबुलकार प्रालिले मनकामनामा ४० कोठाको सुविधासम्पन्न रिसोर्ट निर्माण गर्ने भएको छ । मनकामना केबलकार सञ्चालनमा आएको २५औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ४८ करोड लागतमा रिसोर्ट निर्माण गर्ने घोषणा गरेको हो ।

२०५५ सालदेखि सञ्चालनमा आएको केबुलकारमा हालसम्म करिब एक करोड ७० लाख यात्रुले सेवा प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको सहिदलखन गाउँपालिकालाई कुल आम्दानीको एक(एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वअनुसार शिक्षा, स्वास्थ्य, धार्मिक, मठमन्दिर जीर्णोद्वारलगायत विकास निर्माणका कार्य आदिमा खर्चिँदै आएको पनि कम्पनीले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - २२:१३:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology