सुसिला श्रेष्ठ, काठमार्डौ । पछिल्लो ६ महिनामा मात्र ५३ हजार ५४ जना नेपाली पर्यटन भिसामा खाडि मुलुक गएका अध्यागमन विभागले जनाएको छ । सरकारले पर्यटन भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिसामा कडाइ गरिएको बताएपनि पर्यटन भिसामा खाडि मुलुक जानेको सङ्ख्या घटेको छैन ।
पछिल्लो समय खाडी मुलुकहरूमा पर्यटन भिसा लिएर रोजगारीमा जाने र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको गुनासाहरू धेरै आइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
पर्यटन भिसामा जाँदा श्रम स्वीकृती लिएर जानु नपर्ने भएकाले यो विभागको कार्य क्षेत्र भित्र समेत पर्दैन । तर पनि विभागमा दैनिक उजुरी पर्ने गरेको निर्देशक डम्बर सुनुवारले बताउनुभयो ।
अध्यागमन विभागको तथ्याङ्क अनुसार गत वैशाखयता मात्रै १७ हजार ३ सय ६४ नेपाली दुबई गएका छन् । यसरी गएका नेपालीहरू अधिकांस फर्केको पाइदैन ।
जादा प्रकृया पु¥याएरै जाने तर उता अलपत्र पर्ने हुँदा यसलाई नियन्त्रण गर्न नसकिएको विभागका निर्देशक तथा सूचना अधिकारी अन्जन न्यौपानेले जानकारी दिनुभयो ।
२०७८ फागुन २७ गते पर्यटन भिसा सम्बन्धी कार्यविधि जारी भई भिसा पुनः खुला भएपछि यसरी खाडी मुलुक जानेको सङ्ख्या बढेको छ । पर्यटन भिसामा सबैभन्दा धेरै नेपाली यूएई र कुवेत जाने गरेको देखिएको छ ।
आफै जाने र अलपत्र पर्ने क्रम बढेपछि सरकारले यसलाई गम्भीर रुपमा लिएर कडाइ गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले बताउनुभयो । सरकारले पर्यटन भिसामा विदेश पु¥याई अलपत्र बनाउने वैदेशिक रोजगार व्यवसायी वा एजेन्टलाई कारबाहि गर्ने बताए पनि कार्यान्वयन नहुँदा नेपालीहरू ठगिमा परिरहेका छन् ।