Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनीको बेरुजु २ करोड ३ लाख ५४ हजार

आँबुखैरेनीको बेरुजु २ करोड ३ लाख ५४ हजार

images

इच्छाकामना न्युज

३०, आषाढ २०७९
आँबुखैरेनीको बेरुजु २ करोड ३ लाख ५४ हजार
images

आँबुखैरेनी, ३० असार । तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेरुजु रकम २ करोड ३ लाख ५४ हजार रुपैयाँ देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७।०७८ मा गाउँपालिकाले खर्च गरेका रकम मध्य उल्लेखित रकम अनियमित तरिकाले खर्च गरिएको भन्दै बेरुजु देखिएको हो।

गाउँपालिकामा ९६ करोड ७७ लाख ६७ हजार रुपैयाँको लेखापरीक्षण गर्दा सो रकम बेरुजु देखिएको छ । महालेखा परिक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गर्दै स्रोतको आकलन, राजस्व सङ्कलन, विकास निर्माण एवं सेवा प्रवाहमा स्थानीय तहले सम्पादन गरेका काम कारबाहीको विश्लेषण गर्दा कानून निर्माण र सोको परिपालना, जिम्मेवारी र जवाफदेहिता वहन, सार्वजनिक सम्पत्ति र स्रोतको उपयोग, सार्वजनिक निर्माण, सेवा प्रवाह र प्रतिवेदन प्रणालीमा सुधार गरी वित्तीय अनुशासन पालना गराउन सुझाव दिएको छ ।

स्थानीय तहमा आन्तरिक आय एवं राजस्वको प्रक्षेपण यथार्थपरक नरहेको, आन्तरिक आयस्रोतको पर्याप्त आधारबेगर राजस्व छुट दिएको, राजस्व बक्यौता असूली लक्ष्यअनुसार नभएको, बजेट अनुशासनको पालना नभएको, बजेट अबण्डा राखेको, अनुत्पादक तथा वितरणमुखी कार्यक्रममा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक आयव्ययको कार्य प्रचलित कानुनीविधि प्रक्रिया पूरा नगरी देखा पर्ने अनियमित रकमलाई बेरुजु भनिन्छ । यो आर्थिक कारोबारको हिनामिना हो, जसलाई आर्थिक अनुशासनहिनताको उपजका रुपमा लिइन्छ । यो प्रचलित कानुन बमोजिम पु¥याउनुपर्ने रीत नपु¥याई कारोवार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम कलम हो ।

images
प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - २०:००:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology