Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

चितवनको धान जोनमा पाँच हजार मेट्रिक टन उत्पादन बढ्ने अनुमान

चितवनको धान जोनमा पाँच हजार मेट्रिक टन उत्पादन बढ्ने अनुमान

images

इच्छाकामना न्युज

१२, कार्तिक २०८३
चितवनको धान जोनमा पाँच हजार मेट्रिक टन उत्पादन बढ्ने अनुमान
images

चितवन । जिल्लामा रहेको धान जोनमा यस वर्ष उत्पादन वढ्ने भएको छ । गत वर्षको तुलनामा यस वर्ष पाँच हजार मेट्रिक टनले धान उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ भरतपुरका सूचना अधिकारी सौरज विश्वकर्माका अनुसार गत वर्षको तुलनामा धान जोनमा धानको उत्पादन बढ्ने देखिएको हो । उहाँका अनुसार गत वर्ष जिल्लामा रहेको धान जोनको क्षेत्रफल आठ हजार ५०० हेक्टरमा ४५ हजार मेट्रिक टन उत्पादन भएको थियो । अहिले यो उत्पादन बढेर ५० हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “धान जोनमा उत्पादन बढेको छ । क्रपकटिङ गर्दा उत्पादन बढेर ५० हजार मेट्रिक टन पुग्ने हामीले अनुमान गरेका छौँ ।”

जिल्लामा धान जोनका रूपमा पूर्वी चितवनका तीनवटा पालिकालाई लिइँदै आइएको छ । रत्ननगर, खैरहनी र राप्ती नगरपालिकालाई धान जोनका रूपमा राखिएको छ । जहाँ हर्दिनाथ, सावा मन्सुली, झुरे सावा, गोरखनाथ, राधाचार, सावित्रीलगायतका धानका जातका बीउ लगाइएको छ ।

धान जोनअन्तर्गत जिल्लाको खैरहनी नगरपालिका–५ देखि ७ र ९ देखि १३, राप्ती नगरपालिकाको वडा नं १ देखि ४ र ६ एवं रत्ननगर नगरपालिकाको वडा नं ३ देखि ९ सम्मको धानखेती हुने क्षेत्रफललाई राखिएको छ । जोनमा कृषि समूह, फार्महरू सहभागी भएका छन् । जिल्लाको उत्पादनको तथ्याङ्क आउन बाँकी रहेको छ । समग्र जिल्लाको उत्पादनको विषयमा अहिले क्रपकटिङ भइरहेको कृषि विकास कार्यालय चितवनका कृषि अर्थविज्ञ निर्मल पौडेलले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :कार्तिक १२, २०८३ बुधवार - ०९:४२:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology