Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

बारामा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते

बारामा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते

images

इच्छाकामना न्युज

१४, कार्तिक २०८३
बारामा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते
images

बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित हेटौँडा–पथलैया सडकखण्डमा डिजेल बोकेको ट्यांकर, हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार नेपाल आयल निगमको अमलेखगन्जस्थित डिपो नजिक शुक्रबार (कात्तिक १३ गते) दिउँसो करिब १२ बजे दुर्घटना भएको हो ।

अमलेखगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल बोकेको ट्यांकरमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ग।२ ख १९९३ नम्बरको हाइस ठोक्किएको थियो । सोही हाइसको पछाडि धरानबाट हेटौँडातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्यांकर चालक, हाइस चालक, मोटरसाइकल चालक तथा हाइसमा सवार यात्रुहरू गरी १० जना घाइते भएका छन् ।

घाइते हुनेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१६ पिलुवाका ५० वर्षीय ट्यांकर चालक चेतनाथ खरेल, कास्की पोखरा महानगरपालिका–५ का ३८ वर्षीय हाइस चालक आशिष मल्ल, वीरगन्ज महानगरपालिका–२ की ४५ वर्षीया समिना खातुन र उनकी २५ वर्षीया छोरी सखीना खातुन रहेका छन् ।

त्यस्तै, जितपुर सिमरा उपमहानगरपालिकाकी २२ वर्षीया आशिका श्रेष्ठ, पोखरा महानगरपालिका–१८ साराङकोटका ४३ वर्षीय मनोज थापा क्षेत्री, धरान उपमहानगरपालिका–१६ का २४ वर्षीय मोटरसाइकल चालक सरोज गुभाजु, भारत बिहार राज्य पूर्वी चम्पारणका ७० वर्षीय नवल किशोर साह, बारा प्रसौनी गाउँपालिका–२ का २४ वर्षीय कुनिल पण्डित कुम्हार र भारत पश्चिम बंगाल हुग्लीकी २६ वर्षीया साबनी दास घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको छ । उनीहरूको अमलेखगन्जस्थित स्थानीय अक्कल बहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ । दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक एकतर्फी सञ्चालन गरिएको थियो । दिउँसो १ः५५ बजेदेखि भने सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अमलेखगन्ज, बारामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०८३ शुक्रवार - १६:४६:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology