चमोली (उत्तराखण्ड) भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल बदरीनाथ धामबाट फर्किँदै गरेको शुक्रबार एक हेलिकप्टर दुर्घटनामा परेको छ ।
घटना लगत्तै उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण र प्रहरीको टोली उद्धार तथा खोजीमा सक्रिय भएका छन् । उद्धार टोलीहरूले पाइलटसँग रेडियो वा अन्य माध्यमबाट सम्पर्क स्थापित गर्ने प्रयास गरिरहे पनि हालसम्म सफलता प्राप्त हुन सकेको छैन । उक्त क्षेत्रमा मौसम प्रतिकूल रहेका कारण खोजी कार्य प्रभावित भएको छ ।
खराब मौसमका बाबजुद पनि हेलिकप्टरको लोकेसन पत्ता लगाउन ड्रोनको सहायताले खोजी कार्य तीव्र पारिएको प्रशासनले जनाएको छ । हेलिकप्टर दुर्घटना हुनुको यकिन कारण भने अझै खुल्न सकेको छैन । यसबारे थप विवरण आउन बाँकी छ ।