काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई निलम्बन गरेको छ। शुक्रबार मन्त्रालयले एक सूचना जारी गर्दै एन–प्याब्सनलाई निलम्बन गरिएको जानकारी दिएको हो।

‘यो सूचना जारी भए पश्चात् संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट हुने क्रियाकलाप गैरकानुनी हुने हुँदा प्रचलित कानुन बमोजिम कारबाही हुने बेहोरासमेत जानकारी गराइन्छ’, सूचनामा भनिएको छ।