Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

गोरखकाली रबर उद्योग निजीक्षेत्रलाई दिने तयारी गर्दै सरकार

गोरखकाली रबर उद्योग निजीक्षेत्रलाई दिने तयारी गर्दै सरकार

images

इच्छाकामना न्युज

१६, चैत्र २०७८
गोरखकाली रबर उद्योग निजीक्षेत्रलाई दिने तयारी गर्दै सरकार
images

गोरखा, १६ चैत । सरकारी स्वामित्वका बन्द कारखाना अब निजीक्षेत्रले सञ्चालन गर्न पाउने भएका छन्। बन्द कारखाना सञ्चालनका लागि गठित कार्यदलको सिफारिसबमोजिम निजीक्षेत्रलाई दिने तयारी भएको हो।

गोरखा नगरपालिका-१४, मझुवादेउरालीमा ६ सय रोपनीमा सञ्चालित रहेको रबर उघोग निजीक्षेत्रलाई दिने तयारी गरिएकाे हाे । चीन सरकारको सहयोगमा २०४९ मंसिर २९ मा स्थापना भएको टायर उद्योग २२ वर्ष सञ्चालनका क्रममा इतिहासमा एकपटक मात्रै नाफा कमाएको थियो । उघाेग ०७१ चैत २३ देखि बन्द छ ।

उद्योग सञ्चालनका लागि निजीक्षेत्रबाट प्रस्ताव आह्वान गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले कात्तिक १५ गते सरकारी लगानी रहेका बन्द संस्थान र उद्योग पुनः सञ्चालन गर्न के–कस्तो मोडालिटी उपयुक्त हुनसक्छ भन्ने अध्ययन गर्न एक कार्यदल गठन गरेका थिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा गठित कार्यदलमा अर्थमन्त्रालयका सहसचिव रमेशकुमार केसी र पाराश्वर ढुंगाना तथा उपसचिव गगनबहादुर विके सदस्य थिए। उक्त कार्यदलले उद्योग सञ्चालन गर्न निजीक्षेत्रलाई आह्वान गर्न सकिने प्रतिवेदन तयार पारेको थियो।

उद्योग सञ्चालन गर्न इच्छुक फर्म वा कम्पनीले सञ्चालन गर्ने मोडालिटीसहितको व्यावसायिक योजना निजीक्षेत्रबाट प्रस्ताव आह्वान गर्न सकिने कार्यदलको प्रतिवेदनमा उल्लेख छ।

प्राप्त प्रस्ताव मूल्यांकन गरी उपयुक्त भएमा सञ्चालन गर्न दिन सकिने कार्यदलको सुझाव छ। गोरखकाली टायरको ब्राण्ड नेम बिक्री गरी जग्गा नेपाल सरकारको नाममा ल्याउने तथा मेसिन बिक्री गर्न सकिनेसमेत कार्यदलको सुझाव छ।

पुनः सञ्चालन गर्नै मुस्किल

२०४९ देखि टायर उत्पादन थालेको रबर उद्योग नेपालको एक मात्रै टायर उद्योग हो। यसमा नेपाल सरकारको ३८, साल्ट ट्रेडिङको २३ प्रतिशत सेयर र सर्वसाधारणको पनि लगानी छ। उद्योग सुरु भएदेखि नै उत्पादन राम्रो नभएको कर्मचारीहरू बताउँछन्।

४० प्रतिशतसम्म उत्पादन गर्न उद्योग सफल भएको थियो। त्यतिमात्रै उत्पादन गरेको वर्ष पनि उद्योग नाफामा चलेको रेकर्ड उद्योगसँग छ। उत्पादन ठप्प भएपछि उद्योग बर्सेनि घाटामा छ।

टायर उत्पादनका लागि चाहिने ७० प्रकारका कच्चा पदार्थमध्ये सबैजसो खाडी मुलुकबाट ल्याउनुपर्छ। कच्चा पदार्थ ढुवानीमा समस्या र अन्तर्राष्ट्रिय बजारको सस्तो टायरले बजारमा बिक्री वितरण गर्न समस्या हुँदा उद्योग टाट पल्टिने अवस्थामा पुगेको हो।

भारतीय बजारमा उत्पादन हुने टायरको मूल्यभन्दा यस उद्योगबाट उत्पादित टायर पाँचदेखि १० हजारसम्म महंगो पथ्र्यो। अवैध रूपमा कर छलेर नेपाली बजारमा आउने टायरले गोरखकाली टायरको बजार बिक्री घटेपछि बन्द हुन पुगेको तीतो अनुभव मजदुरको छ।

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - १८:४९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology