Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

मर्मतका लागि चार दिनदेखि बन्द मनकामना केबलकार आजदेखि सूचारु

मर्मतका लागि चार दिनदेखि बन्द मनकामना केबलकार आजदेखि सूचारु

images
मर्मतका लागि चार दिनदेखि बन्द मनकामना केबलकार आजदेखि सूचारु
images

कुरिनटार,८ पुस । नेपालकै पहिलो मनकामना केबलकार मर्मत सम्भारपछि विहीबारदेखि संचालनमा आएको छ । यो केबलकार मर्मतका लागि चार दिनदेखि बन्द थियो।

केबलकार मर्मत र प्राविधिक स्तरोन्नतिको काम सकिएपछि विहीबारदेखि संचालनमा आएको कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बताए। अष्ट्रियाली प्राविधिकको सुपरीवेक्षणमा मर्मत सम्भार गरिएको उनले बताए।

कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरिरहेको छ। लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि केबलकारको स्तरोन्नति गरिएको उनले बताए। कम्पनीले चालु आर्थिक वर्षबाटै केवलकारलाई नयाँ प्रविधिमा लैजाने योजना बनाएको छ।

कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहनेछ। यो सबै स्तरोन्नतिसँगै भएसँगै मनकामना केवलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको हुनेछ।

images
प्रकाशित मिति :पौष ८, २०७८ बिहिवार - ०८:३७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology