Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
२०८३, कार्तिक १२ गते
images

चितवनमा पहिलोपल्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप हुने

चितवनमा पहिलोपल्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप हुने

images

इच्छाकामना न्युज

१२, कार्तिक २०८३
चितवनमा पहिलोपल्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप हुने
images

चितवन। चितवनमा पहिलोपल्ट हुन लागेको अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप कात्तिक १३ गतेदेखि आयोजना हुने भएको छ । चितवन तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२६ यसै कात्तिक १३ देखि १५ गतेसम्म हुने भएको हो ।

चितवनमा पहिलोपल्ट यति ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको चितवन तेक्वान्दो डोजाङका प्रमुख रोशन खानले जानकारी दिए । चितवनस्थित राप्ती नगरपालिकाको भण्डारामा आयोजकले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

नेपालका सातवटै प्रदेशसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायतका करिब आठ सय खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले जानकारी दिए ।

images
प्रकाशित मिति :कार्तिक १२, २०८३ बुधवार - १६:०९:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology