Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
२०८३, कार्तिक १२ गते
images

चितवनमा‘रानी केक’को छैटौँ शाखा सञ्चालनमा

चितवनमा‘रानी केक’को छैटौँ शाखा सञ्चालनमा

images

इच्छाकामना न्युज

१२, कार्तिक २०८३
चितवनमा‘रानी केक’को छैटौँ शाखा सञ्चालनमा
images

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१०, स्याउलीबजार चोकमा ‘रानी केक एन्ड क्याफे’को छैटौँ शाखा औपचारिक रूपमा सञ्चालनमा आएको छ। उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीको प्रमुख आतिथ्यतामा एक समारोहबीच उक्त शाखाको उद्घाटन गरिएको हो।

२०७८ फागुन २६ गते स्थापना भएको रानी केकले केक तथा बेकरी उत्पादनलाई प्राथमिकतामा राख्दै ग्राहकहरूलाई ताजा, स्वादिलो र गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै आएको छ। चितवनको भरतपुर लगायत दाङको तुलसीपुर र घोराही, रूपन्देहीको मणग्राम, बाँकेको नेपालगञ्ज, सुर्खेतमा समेत गरी देशका विभिन्न छ वटा सहरहरूमा सेवा विस्तार गरिसकेको छ।

रानी केकका संस्थापक अध्यक्ष दीपक काफ्लेले यस व्यवसायमार्फत युवाहरूलाई रोजगारी, उद्यमशीलता प्रवर्द्धन र सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकता दिएको बताएका छन्। संस्थाको ६ वटा शाखामार्फत हाल ७२ जना कर्मचारीले रोजगारी प्राप्त गरेका छन् भने नयाँ खुलेको चितवन शाखामा मात्रै ७ जनाले रोजगारी पाएका छन्।

त्यस्तै ‘रानी स्किल्स’मार्फत बरिस्ता तथा बेकरीसम्बन्धी तालिम प्रदान गर्दै युवाहरूलाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउँदै आएको संस्थाले जनाएको छ। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत २० वर्ष उमेर पार गरेका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय व्यक्ति तथा सोसल इभेन्टहरूमा केक सहयोग गर्दै आएको छ भने ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने गरेको छ।

ओपनिङ स्पेशल अफर र निःशुल्क डेलिभरी शाखा उद्घाटनको अवसरमा रानी केकले विशेष अफर सार्वजनिक गरेको छ। यसअन्तर्गत कात्तिक ११ गतेदेखि १६ गतेसम्म जन्मदिन पर्ने भरतपुरवासीलाई निःशुल्क केक उपलब्ध गराइनेछ। साथै, ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै केक अर्डर गर्ने ग्राहकहरूका लागि निःशुल्क होम डेलिभरी सेवा पनि उपलब्ध गराइएको संस्थाले जानकारी दिएको छ।

images
प्रकाशित मिति :कार्तिक १२, २०८३ बुधवार - १७:१५:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology