Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
२०८३, कार्तिक १२ गते
images

चिरपट प्रहारबाट सुर्खेतमा एकजनाको मृत्यु

चिरपट प्रहारबाट सुर्खेतमा एकजनाको मृत्यु

images

इच्छाकामना न्युज

१२, कार्तिक २०८३
चिरपट प्रहारबाट सुर्खेतमा एकजनाको मृत्यु
images

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८, सुन्दरनगरमा चिरपट प्रहारबाट एकजनाको मृत्यु भएको छ। चिरपट प्रहारबाट मृत्यु हुनेमा सोही ठाउँका ६२ वर्षीय मानबहादुर राजी रहेका छन्।

नेपाल प्रहरीका अनुसार कात्तिक १० गते बिहान ११ः३० बजे सोही ठाउँका ४० वर्षीय टेकबहादुर विकले अजय परियारको घरको आँगनमा राजीको टाउको र बायाँ खुट्टामा चिरपट प्रहार गरेका थिए।
चिरपट प्रहारबाट घाइते भएका राजीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो। त्यहाँ उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा चिकित्सकले सोही दिन दिउँसो २ः१२ बजे मृत घोषणा गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा टेकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक १२, २०८३ बुधवार - १७:०१:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology