Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
२०८३, कार्तिक १२ गते
images

महिलाको आयआर्जनमा सघाउ पुर्‍याउन सामूहिक ‘होमस्टे’

महिलाको आयआर्जनमा सघाउ पुर्‍याउन सामूहिक ‘होमस्टे’

images

न्युज कारखाना

९, मंसिर २०७८
महिलाको आयआर्जनमा सघाउ पुर्‍याउन सामूहिक ‘होमस्टे’
images

जुम्ला, ९ मंसिर । जुम्लाको  पातारसी गाउँपालिका र गुठीचौर गाउँपालिकाको  पटमारा गाउँमा  सामुदायिक होमस्टे सञ्चालनमा छ । पटमारा गाउँका न्यून आय भएका ६ जना महिलाले सामुहिक  होमस्टे सञ्चालन गरेका हुन ।

धार्मिक तथा सांस्कृतिक पर्यटनको जगेर्ना गरेरअघि बढ्ने  लक्ष्यसहित सामुदायिक होसस्टे सञ्चालन गर्न खोजिएको कर्णाली हातेमालो सेवा समाज जुम्लाका कार्यकारी निर्देशक टेकवहादुर रावतले बताए  । 

‘महिलाको दैनिकीसँग जोडिएको विषय  भएकाले सामुदायिक  होसस्टेले उनीहरूको आर्थिक स्तर सुधार हुनेछ ।पातारासी  गाउँपालिकाको पटमारा गाउँ प्राकृतिक हिसाबले सुन्दर भएकाले सामुदायिक होमस्टे सञ्चालनमा आएको  हो  । स्थानीय ६ जना महिलाले  सञ्चालन गरेको उक्त सामुदायिक होमस्टे पर्यटकको आकर्षण बढाउने  पहिलो  लक्ष्य हो ।  

सामुदायिक होमस्टेका अध्यक्ष  राजकली रावतले   सुरुवाती चरण भएकाले  होमस्टे गुणस्तर बनाउने काम गर्दै आएको बताइन् । स्वच्छ वातावरणसँगै होमस्टेको न्यानो स्वागत सत्कार, स्थानीय उत्पादनको स्वाद लिन पाउने  व्यवस्था गर्न आवश्यक रहेको पातारासी गाउँपालिकाको लासीमा संञ्चालन भएको एकदिने गोष्ठी प्रशिक्षक शंकर प्रसाद कोइरालाले बताए । 

‘होमस्टे समुदायकै भएकाले आएका पाहुनालाई विशेष जुम्लाकै समुदायकै परम्परागत खाना तथा परिकार खुवाउनुपर्छ’, प्रशिक्षक कोइरालाले भने, ‘होमस्टे  सेवामुखी र गुणस्तर भएको खण्डमा महिलाको दैनिकीसँगै गाउँकै स्वरूप फेरिनेछ । 

जुम्ला जल, जमिन, जडीबुटी र पर्यटनको राम्रो सम्भावना छ। स्रोत, साधनको पर्याप्तता पनि छ । त्यसको लागि पर्यटन पूर्वाधार विकास अनिवार्य रहेको सरोकारवाला बताउँछन् । 

images
प्रकाशित मिति :मंसिर ९, २०७८ बिहिवार - १९:०४:२५ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology