Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आफ्नै मन्त्रालयका श्रमिकबाट सुझाव लिएर श्रम मन्त्री किसान श्रेष्ठले गरे कामको सुरुवात

आफ्नै मन्त्रालयका श्रमिकबाट सुझाव लिएर श्रम मन्त्री किसान श्रेष्ठले गरे कामको सुरुवात

इच्छाकामना न्युज

३१, आश्विन २०७८
आफ्नै मन्त्रालयका श्रमिकबाट सुझाव लिएर श्रम मन्त्री किसान श्रेष्ठले गरे कामको सुरुवात
images

काठमाडौं, ३१ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफ्नै मन्त्रालयका तल्लास्तरका श्रमिकहरुबाट सुझाव लिएर मन्त्रालयको कामको सुरुवात गरेका छन् । मन्त्री श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कार्यालय सहयोगी, सफाई कर्मचारी र चालकहरुको समस्या बुझ्दै सुझाव लिएका हुन् ।

images
images

दशैं लगत्तै आइतबार मन्त्रालय पुगेर मन्त्री श्रेष्ठले मन्त्रालयका तल्लास्तरका श्रमिकहरुको समस्या बुझेका हुन् । मन्त्रालयका श्रमिकहरुले आफूहरुको महङ्गी भत्ता काटिएको, तलब थोरै भएको लगायतका गुनासो राखेका थिए ।

मन्त्री श्रेष्ठले समस्या सुने लगत्तै आफूहरु श्रमजीवीहरुको पक्षमा काम गर्नकै लागि जिम्मेवारीमा आएको भन्दै आफ्नो पहिलो प्राथमिकता तल्लोतहका श्रमिकहरुको हकहितको पक्षमा हुने बताए । मन्त्री श्रेष्ठले तत्काल मन्त्रालयका श्रमिकहरुको समस्या सम्बोधन गर्ने बताए ।

मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी नै श्रम गर्ने श्रमिकहरुको हकहित, रोजगार सृजना र रोजगारीमा रहेका श्रमिहरुको सामाजिक सुरक्षाको निम्ती काम गर्ने भएको कारण पहिलो सुझाव श्रमिकबाट लिएको बताए । उनले भने, ‘मेरो पहिलो जिम्मेवारी र दायित्व पसिना बगाएर बाँचिरहेका श्रमिकहरुको हितको निम्ती काम गर्ने हो । मेरो मन्त्रालयको श्रमिकहरुको समस्या सुनेँ । यसैगरी समस्या बुझेर हरेक ठाउँमा काम गर्ने श्रमिकहरुको जीन्दगीमा फेरबदल आउने गरी काम गर्छु ।’

मन्त्री श्रेष्ठले बेरोजगार युवाहरुलाई उत्पादनसँग जोडेर रोजगारी दिने, बिभिन्न उद्योग प्रतिष्ठानहरुमा रोजगारी गरीरहेकाहरुको सामाजिक सुरक्षाको ग्यारेन्टी र सरकारी कार्यालयहरुमा श्रम गरीरहेकाहरुको सामाजिक सुरक्षाको ग्यारेन्टीका लागि तत्काल कदम चाल्ने समेत बताए ।

images
प्रकाशित मिति :आश्विन ३१, २०७८ आइतवार - १९:४०:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology