Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

दक्षिण एसियामा सुशासनका लागि संस्थागत सुधार र जवाफदेहितामा जोड

दक्षिण एसियामा सुशासनका लागि संस्थागत सुधार र जवाफदेहितामा जोड

images

इच्छाकामना न्युज

१९, कार्तिक २०८३
दक्षिण एसियामा सुशासनका लागि संस्थागत सुधार र जवाफदेहितामा जोड
images

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टले दक्षिण एसियाको दिगो आर्थिक विकास र समृद्धिका लागि संस्थागत सुदृढीकरण तथा सुशासन आवश्यक रहेको बताएका छन् । उनले सार्वजनिक प्रशासनलाई नागरिककेन्द्रित, पारदर्शी र जवाफदेही बनाउँदै राजनीतिक प्रतिबद्धतालाई संस्थागत जवाफदेहितामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार दक्षिण एसियामा सार्वजनिक प्रशासन र सुशासनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भट्टले यस क्षेत्रका देशहरूबीच सहकार्य र समन्वय विस्तार गर्नुपर्ने बताए । उनले दक्षिण एसियामा राजनीतिक अस्थिरता, कमजोर कानुन कार्यान्वयन,गरिबी,असमानता,जलवायु परिवर्तन र सार्वजनिक सेवा प्रवाहका समस्या साझा चुनौतीका रूपमा रहेको उल्लेख गरे ।

‘दक्षिण एसियामा सुशासनको आधारभूत चुनौती नीति, नियम वा संस्थागत संरचनाको अभाव मात्र होइन, बरु संस्थागत प्रतिबद्धता र वास्तविक सेवा प्रवाहबीचको खाडल हो,’ उनले भने ।

नेपालको सन्दर्भमा उनले सङ्घीय शासन प्रणालीलाई प्रभावकारी बनाउन अन्तरसरकारी समन्वय, वित्तीय सङ्घीयता, प्रशासनिक क्षमता र संस्थागत जवाफदेहिता बलियो बनाउनुपर्ने बताए । विकास आयोजना र सेवा प्रवाहमा हुने भ्रष्टाचार न्यूनीकरण गर्न पारदर्शी सार्वजनिक खरिद, प्रभावकारी लेखापरीक्षण र समयमै अनुसन्धान आवश्यक रहेको उनको भनाइ थियो ।

‘डिजिटल शासनलाई सुदृढ बनाउनु हाम्रो प्राथमिकता हुनुपर्छ, जसले सेवा प्रवाहमा सुधार ल्याउन, प्रशासनिक ढिलासुस्ती कम गर्न, पारदर्शिता बढाउन र सार्वजनिक निकायहरूलाई जनताप्रति उत्तरदायी बनाउन महत्त्वपूर्ण अवसर प्रदान गर्दछ,’ भट्टले भने ।

उनले केन्द्रीकृत निर्णय प्रक्रियाबाट सहभागितामूलक विकेन्द्रित शासन, प्रक्रियामुखी प्रशासनबाट परिणाममुखी सेवा प्रवाह र खण्डित विकास योजनाबाट समन्वयात्मक तथा एकीकृत योजनातर्फ अघि बढ्नुपर्ने बताए । सुशासन सुधार सरकारको मात्र जिम्मेवारी नभई निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम, प्राज्ञिक क्षेत्र र नागरिकबीचको सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे ।

यसैगरी, प्रशासनिक प्रतिष्ठानका कार्यकारी निर्देशक डा। रामप्रसाद घिमिरेले सार्वजनिक प्रशासनलाई नियन्त्रणको संयन्त्रबाट सहानुभूति, तत्परता र विश्वासमा आधारित प्रणालीका रूपमा विकास गर्नुपर्ने बताए । उनले नागरिकले राज्यलाई नीति र कानुनभन्दा पनि सेवा दिने कर्मचारी तथा सरकारी कार्यालयमार्फत अनुभव गर्ने उल्लेख गरे । ‘त्यही क्षणमा सामाजिक सम्झौता या त जीवित रहन्छ या समाप्त हुन्छ,’ उनले भने ।

घिमिरेले सार्वजनिक प्रशासन प्रभावकारी बनाउन नैतिकता, समावेशीकरण र क्षमता तीन आधारभूत प्रतिबद्धता हुनुपर्ने बताए । नैतिकता घुस अस्वीकार गर्ने विषयमा मात्र सीमित नभई जिम्मेवारीबोध र नागरिकप्रतिको चासोसँग जोडिनुपर्ने उनको भनाइ थियो । उनले सम्मेलनका सहभागीलाई सार्वजनिक प्रशासनका कमजोरी, असहमति र भुइँतहका यथार्थ खुलस्त रूपमा प्रस्तुत गर्न आग्रह गरे । पुराना कार्यशैलीमाथि प्रश्न उठाउँदै सुधारका उपायबारे खुला छलफल गर्नुपर्ने उनले बताए ।

 

 
 

images
प्रकाशित मिति :कार्तिक १९, २०८३ बुधवार - १७:५५:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology