Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

मनकामना केवलकार नजिकै रमाइलो सुविधा सम्पन्न रोयल गोर्खाली होटल सञ्चालनमा

मनकामना केवलकार नजिकै रमाइलो सुविधा सम्पन्न रोयल गोर्खाली होटल सञ्चालनमा

images

इच्छाकामना न्युज

२२, आश्विन २०७८
मनकामना केवलकार नजिकै रमाइलो सुविधा सम्पन्न रोयल गोर्खाली होटल सञ्चालनमा
images

चितवन, २२ असोज । चितवनको इच्छाकामना ४ रमाइलो डाँडामा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । तीन करोड लगानीमा रोयल गोरखाली होटल सञ्चालनमा आएको हो ।

मुग्लिनमा पहिलो पटक रोयल गोरखाली दोहोरी साँझ समेत सञ्चालन गरिसक्नु भएका  यूवा व्यवसायी डिल बहादुर थापाले होटल सञ्चालनमा ल्याउनु भएको हो । बिहिबार एक कार्यक्रमका बिच होटलको उद्घाटन गरिएको हो ।

होटलमा लजिङ, फुडिङ रेष्टुरेन्ट तथा सेमिनार हल लगायतका सुविधा रहेको सञ्चालक डिल बहादुर थापाले बताउनुभयो । ग्राहकहरुलाई सहज र सुलभ मुल्यमा स्तरीय खाना नास्ता एंव लजको सुविधा दिईने उहाँले बताउनुभयो ।

243484437_628563548140548_5795607163566623377_n.jpg

विगत ७ बर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका थापाले राजधानी भित्रिने मुख्य राजमार्गमा आवतजावत गर्ने यात्रु र मनकामना दर्शन गर्न आउने यात्रुहरुलाई मध्यनजर गर्दै होटल सञ्चालनमा ल्याएको बताउनुभयो ।

केबलकार नजिकै रहेको उक्त होटलमा त्रिशूली नदीको मनोरम दृष्य अवलोकन गर्दै खानाको स्वाद लिन सकिन्छ । आवश्यकता अनुसार होटलको क्षमता बृद्धि गर्दै लैजाने थापाले बताउनुभयो ।

images
प्रकाशित मिति :आश्विन २२, २०७८ शुक्रवार - ०८:४३:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology