Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विदेश छाडेर गाउँमै भैंसीपालन, निषेधाज्ञामा समेत दुध विक्री गर्न समस्या भएन 

विदेश छाडेर गाउँमै भैंसीपालन, निषेधाज्ञामा समेत दुध विक्री गर्न समस्या भएन 

डिपि अधिकारी

१३, जेठ २०७८
विदेश छाडेर गाउँमै भैंसीपालन, निषेधाज्ञामा समेत दुध विक्री गर्न समस्या भएन 
images

भानु, तनहुँ, १३ जेठ । विगत लामो समय बैदेशिक रोजगारीमा रहनु भएका तनहुँको भानु नगरपालिका वडा नं. १ भन्सारका कृष्ण प्रसाद सापकोटालाई बैदेशिक रोजगारमा रहेर राम्रै आम्दानी गर्दा पनि आफ्नो घर–परिवार र गाउँघरको यादले सताई रह्यो । साना–साना बालबच्चा, बुढ्यौली उमेरमा ढल्किएका बाबा–आमा र श्रीमतीलाई सम्झिंदा आफ्नै गाउँघर फर्कन मन लाग्यो । 

images
images

190221267_3978516285589673_5094343848551710469_n.jpg

करिब साँढे २ वर्ष अघि विदेश जाने बाटो मेटेर आउनु भएका सापकोटा घर आउन साथ हातमा सीप भएको काम गाडी लिएर ब्यापारमा हिंड्ने सोंच बनाए पनि मन अन्यत्रै मोडियो, कुखुरा पालन तर्फ । ३/४ महिना लगाएर करिब ७/८ लाखको लागतमा खोर निर्माण पनि गर्नु भयो । खोर तयार भएपछि पहिलो पटक करिब ११ सय ब्रोईलर कुखुराको चल्ला राख्नुभयो । दाना, पानी, औषधीको तालमेल नमिलेकाले आम्दानी खासै राम्रो हुन सकेन । 

गरेको दुःख अनुसार आम्दानी भएन । फेरि अर्को पटक ब्रोईलर कुखुराको चल्ला राख्ने निधो गरे पनि भने जत्ति चल्ला पाउन सक्नु भएन, ७/८ सय ब्रोईलर कुखुराको चल्ला राख्नुभयो । चल्ला राखेको करिब २० दिन नहुँदै गत वर्षको कोरोना संक्रमण शुरु भयो, लकडाउन भयो । दाना र औषधी पाईन छाड्यो । सवै कुखुरा खाल्डो खनेर पुर्न बाध्य हुनु भयो, करिब १ लाख ५० हजार खाल्डो मै गयो । भाद्र महिनामा लकडाउन हट्यो, परिस्थिति सामान्य तर्फ मोडियो । 

192452892_3978516442256324_5475379410205321988_n.jpg

परिस्थिति सँगै मन पनि मोडियो नयाँ सोंच आयो, भैंसी पालन गरी दुध बिक्री गर्ने । त्यहि खोरलाई गोठमा परिवर्तन गरियो, भैंसीको थलो राम्रै बन्यो । फेरि अर्को चिन्ताले सतायो दुध बिक्रीका लागि बजार ब्यवस्थापन कसरी गर्ने भनेर । ३/४ दिन त्यसकै लागि डुम्रेबजार र भन्सार चाहार्न प¥यो । भैंसीको दुधको बजार राम्रै छ भन्ने लागेर भैंसी खरिदका लागि सापकोटा तराई पुग्नु भयो । राम्रो मुर्रा जातको भैंसी भारतबाट मगाउँदा भैंसीको मूल्य केहि महँगो परेको समेत उहाँ बताउनु हुन्छ ।

अहिले गोठमा ८ वटा मुर्रा भैंसी, ६ वटा पाडापाडी र एउटा राँगो छ । भैंसी खरिदमा करिब ११ लाख, गोठ निर्माण, ईनार खन्नमा गरी करिब १८ लाख लागत रहेको उहाँले बताउनु भयो । हाल दैनिक ६०÷६५ लिटर दुध बिक्री गर्ने गरेको भन्दै शुद्ध दुध बिक्रीका लागि बजारको अभाव नहुने र दुध बिक्रीका लागि चिन्ता लिनु नपर्ने उहाँको भनाई छ । अहिलेको निषेधाज्ञामा कृषक सापकोटा बिहान–बेलुकी डुम्रे र भन्सार बजार पुग्ने गर्नु हुन्छ । प्रतिलिटर १ सय १० रुपैंयामा दुध बिक्री गर्ने गर्नुहुन्छ । 

190179916_3978516648922970_6002698331413170767_n.jpg

“ पानी मिसावट नगरेको दुध बिक्रीका लागि कुनै समस्या नहुने भन्दै उपभोक्ताले बरु केहि रकम बढी तिर्न चाहन्छन् तर दुध शुद्ध हुनु पर्छ ” सापकोटा भन्नुहुन्छ । भैंसी पालनबाट दुध बिकी मात्र नभइ गोबर मल बिक्री गरेर आम्दानी लिन सकिने र आफ्नै खेतबारीमा प्रारङगिक मल हाली राम्रो उब्जानी दिन सकिने उहाँले बताउनु भयो । 

सापकोटाले दुध बिक्रीबाट मासिक १ लाख ७० हजार भन्दा बढी आम्दानी लिँदै आउनु भएको छ । पराल, दाना, चोकरमा करिब ६०÷७० हजार खर्च हुने गरेको उहाँ बताउनु हुन्छ । घाँस उत्पादन बढी गराउन सकेको खण्डमा पराल र दाना चोकरको खर्च घटाउन सकिने र बचत धेरै गर्न सकिने सापकोटा बताउनु हुन्छ । संगिता कुषि तथा पशु फर्म दर्ता गरी भैंसी पालन ब्यवशाय संचालन गर्नु भएको सापकोटालाई उहाँकी श्रीमति सँगिता र बुबा–आमाले समेत सहयोग गर्ने गर्नु हुन्छ । 

189066404_3978516822256286_1371740306946419884_n.jpg

भैसी दुहुना देखि घाँस काट्ने, पराल, दाना, चोकर, कुँडो–पानी दिने र गोबर फाल्ने काममा सहयोग गर्दै आईरहनु भएको छ । परिवारको साथ र सहयोग रहने हो भने जुनसुकै ब्यावशाय गर्दा पनि राम्रै आम्दानी लिन सकिने सापकोटा बताउनु हुन्छ । ब्यवशायलाई थोरै ब्याजदरमा कृषि बिकास बैंक डुम्रे शाखाले ऋण लगानी गरेको भए पनि नगरपालिकामा अनुदानका लागि निवेदन दिंदा हाल सम्म अनुदान पाउने शाश्वासन पाएपनि अनुदान नपाएको उहाँको गुनासो छ । 

कतिपय नक्कली कृषकले अनुदान कै लागि फर्म दर्ता गर्ने र राजनैतिक आस्था र नातागोताका कारण अनुदान लिने गरेको गुनासो आउने गरेको, दुःख गर्ने असली कृषकले भन्दा पनि नक्कली र टाठाबाठाले अनुदान लिने गरेको पाईएकाले यस तर्फ सम्बन्धित निकाय सचेत बन्नु पर्ने  बुद्धिजिबीहरु बताउँछन् ।

190347068_3978517242256244_7776435474832927737_n.jpg

images
प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - १३:०३:०१ बजे

डिपि अधिकारी

पत्रकार अधिकारी रेडियो बन्दिपुर ८८.८ मेगाहर्ज तनहुँमा कार्यरत हुनुहुन्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology