आँबुखैरेनी, ९ जेठ । तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई र सत्रसय बजार इकाईले संयुक्त रुपमा पत्रकार र प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ। इकाईले आज इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरीहरुको लागि र मेरो साथी एफ. एम. तथा आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकामा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री वितरण गरेको हो।

स्वास्थ्य सामाग्री प्रदान गर्दै कोरोना महामारीको बेला भएपनि कर्तव्य पालनको शिलशिलामा अग्रपंक्तिमा खटिनु पर्ने भएकोले थोरै भएपनि प्रहरी र पत्रकारका लागि संघले स्वास्थ्य सामाग्री सहयोग गरिएको आँबुखैरेनी बजार इकाईका सभापति दिपक कोइरालाले बताउनुभयो। ‘अहिलेलाइ थोरथोरै भएपनि माक्स, सेनिटाईजर, फेससिल्ड लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको छ, पछि पनि थप आवश्यक सामाग्रीहरु पनि सहयोग गर्नेछौं’ –उहाँले भन्नुभयो।

यस्तै स्वास्थ्य सामाग्री सहयोग गरिदिएको धन्यवाद व्यक्त गर्दै इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक विकाश थापाले संघको सहयोग निरन्तर पाईरहेकोले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको बताउनुभयो।
सामाग्री वितरणका लागि संघको आँबुखैरेनी बजार इकाईका पूर्व सभापति कृष्णमान तामाङ, सचिव काजी थापा, सदस्य सुरेन्द्र श्रेष्ठ, उदीप श्रेष्ठका साथै सत्रसय बजार इकाईका सभापति जमिल मिया, सचिव प्रेम तामाङ लगायतको उपस्थिति रहेको थियो।