Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना गाउँपालिकाद्वारा पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालनमा जोड

इच्छाकामना गाउँपालिकाद्वारा पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालनमा जोड

रासस

२२, माघ २०८१
इच्छाकामना गाउँपालिकाद्वारा पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालनमा जोड
images

मुग्लिन (चितवन) । जिल्लाको इच्छाकामना गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि घरबास (होमस्टे) सञ्चालनमा जोड दिएको छ ।

images
images

स्थानीय समुदायको आयआर्जन वृद्धि गर्दै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले पालिकाले घरबास प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको हो ।

इच्छाकामनाका पर्यटकीयस्थल र आसपासका गाउँमा घरबास सञ्चालनमा जोड दिइएको पालिका कार्यालयले जनाएको छ । ती घरबास सञ्चालनका लागि पालिकाले आर्थिक, प्राविधिकलगायत सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए।

1733642679-kZIIB.jpg

पछिल्लो समय गाउँपालिकाको आर्थिक सहयोगमा वडा नं २ घुर्केशस्थित पुरानो गुरूङ गाउँमा परम्परागत घरमा १४ वटा होमस्टे सञ्चालनमा आएका छन् ।

ती घरबास सञ्चालकको क्षमता विकासका लागि गत शुक्रबार र शनिबार दुई दिन मुलुकको पहिलो घरबास स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित सिरूबारीको भ्रमण गरिएको बताउँदै पूर्वाधार विकासका योजना बनाइने उनले उल्लेख गरे ।

अध्यक्ष गुरूङका अनुसार घरबास सञ्चालकको क्षमता विकासका लागि अध्ययन भ्रमण गराइएको हो । उनले भने, “पर्यटकलाई कसरी स्वागत, सत्कार गर्र्नेे र व्यवसायीक रूपमा घरबास सञ्चालन कसरी गर्न सकिन्छ भन्ने जानकारी होस् भन्ने उद्देश्यले सरूबारीको अवलोकन भ्रमण गराइएको हो ।”

1733537641-XZMDw.jpg

उनका अनुसार यसअघि घरबास सञ्चालकलाई तालिम दिइएको छ । दुई महिना अघिदेखि घुर्केश गाउँमा होमस्टे सञ्चालन गर्दै आएकी माया गुरूङले यस भ्रमणबाट घरबासमा आउने पाहुनालाई स्वागत सत्कार कसरी गर्ने भन्ने विषयमा थप ज्ञान प्राप्त भएको बताइन् ।

घरबास सञ्चालनसँगै घुर्केश गाउँमा पर्यटकको आगमन बढेको उनले विश्वास व्यक्त गरिन् । पछिल्लो समय इच्छाकामनाका पर्यटकीयस्थलमा पर्यटकको आगमन बढेको छ । पर्यटकको आगमन बढेसँगै गाउँपालिकाले घरबास सञ्चालनमा जोड दिएको अध्यक्ष गुरूङले बताए।

इच्छाकामना गाउँपालिकामा जिल्लाको पुरानो सदरमुकाम रहेकाले यहाँका ऐतिहासिक किल्ला उपर्दाङ्गढी, सूर्योदय हेर्न सिराइचुली, ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर, बालगौरी पाथीभरासिंहदेवी माई मन्दिर, लामो झरना, त्रिशूली नदीमा र्‍याफ्टिङ, हात्तीवाङ गाउँ, मायाटार, घुर्केशगाउँलगायत स्थान पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएका उनको भनाइ छ ।

उपर्दाङ्गढी, हात्तीवाङ, मायाटार घुर्केशलगायत गाउँका घरबास पर्यटकको रोजाइमा परेका छन् । यहाँ गुरूङ, मगर, सिमान्तकृत चेपाङ, गिरी, पुरी समुदायको घरबास सञ्चालनमा छन् ।

images
प्रकाशित मिति :माघ २२, २०८१ मंगलवार - ०८:४०:३४ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology