Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चिया बेचेरै मासिक ५० हजार रुपैयाँभन्दा बढी बचत, छोराछोरीले पढे स्नातकोत्तर

चिया बेचेरै मासिक ५० हजार रुपैयाँभन्दा बढी बचत, छोराछोरीले पढे स्नातकोत्तर

images

रासस

१४, पौष २०८१
चिया बेचेरै मासिक ५० हजार रुपैयाँभन्दा बढी बचत, छोराछोरीले पढे स्नातकोत्तर
images

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थाल्नुभएको २७ वर्ष पूरा भयो ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थाल्नुभएकी उहाँले अहिले खर्च कटाएर मासिक ५० हजार रुपैयाँभन्दा बढी बचत गर्दै आउनुभएको छ ।

समुद्री सतहबाट एक हजार आठ सय २३ मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरूको भीड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्छ । विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटल एण्ड लज’मा चिसासँगै खाजाको रूपमा दूधको छाली र चिउरा खानेको उत्तिकै घुइँचो लाग्छ ।

विरसको होटलमा चिया तथा छालीका लागि दैनिक २५ करुवा दूध खपत हुने गरेको छ । चिया तथा छालीका लागि नुनथलाकै विभिन्न टोलका किसानको घरबाट प्रतिकुरुवा ४० रुपैयाँमा दूध खरिद गर्ने गरिएको विरसले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाण्डौ तथा तराईका विभिन्न जिल्ला जाने यात्रु यहाँ चिया खान पस्नुहुन्छ ।’ मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र हो । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल तथा चिया पसल सञ्चालन गरिएको हो । तीन सन्तानकी आमा विरसलाई उहाँका श्रीमान् मानसिं तामाङले सहयोग गर्दै आउनुभएको छ ।

शुरुमा खाना तथा खाजा बिक्री गर्दै आउनुभएकी विरसले पछिल्लो समय चिया र छाली चिउरामात्र बिक्री गर्दै आउनुभएको छ । छाली र चिउरा प्रति बटुका एक सय रुपौयाँमा बिक्री गर्ने गरिएको छ । विरसले एक छोरा र दुई छोरीको शिक्षादीक्षा तथा पालनपोषण चिया बिक्री गरेर आएको रकमले धान्नुभएको छ ।

एउटा छोरीले स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ भने अर्की छोरीले स्नातक तथा छोराले कक्षा १२ उत्तीर्ण गर्नुभएको छ । तीनैजना अहिले अध्ययनकै सिलसिलमा जापानमा हुनुहुन्छ । तीनै छोराछोरीको पढाइको खर्च बेहोर्न विरसले चिया बिक्री गर्दै आउनुभएको हो ।

images
प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - ०८:४४:०० बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology