Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

गोरखकाली रबर उद्योग खुलाउन विप्लव नेतृत्वको नेकपाको दबाब

गोरखकाली रबर उद्योग खुलाउन विप्लव नेतृत्वको नेकपाको दबाब

images

इच्छाकामना न्युज

२६, जेठ २०८१
गोरखकाली रबर उद्योग खुलाउन विप्लव नेतृत्वको नेकपाको दबाब
images

गोरखा । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले १० बर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग खुलाउन जोड दिएका छन् । शुक्रबार रबर उद्योगको प्रवेशद्वारमा कोणसभाको आयोजना गर्दै नेकपाले चुनावी भाषणमा रबर उद्योग खुलाउने प्रतिवद्धता जनाए पनि खुलाउने प्रयत्न भने नभएको भन्दै बिरोध जनाएका छन् ।

‘गोरखाबाटै जितेर जानुभएका नेता प्रधानमन्त्री, उपप्रधानमन्त्री, मुख्यमन्त्री, सभामुख हुनुभएको छ । उहाँहरु सबैले हरेक चुनावी कार्यक्रममा गोरखकाली रबर उद्योग खुलाउने प्रतिवद्धता जनाउनु भएको थियो’, पार्टीका जिल्ला सेक्रेटरी काजी सीले भने, ‘चुनाव जितेर गएपछि पनि दुई पटक बजेट ल्याइसक्नुभयो तर रबर उद्योग सञ्चालन गर्न बजेट विनियोजन भएको छैन । बजेट भाषणमा गोरखकाली रबर उद्योग सञ्चालन गरिनेछ भनेर जनताको आँखामा छारो हालिएको छ, बजेट एकसुका पनि छुट्याइएको छैन । कसरी खुल्छ रबर उद्योग ?’ देशका ठूलो ठाउँमा गोरखाकै जनप्रतिनिधि भएका बेला नखुले अरुबेला खुल्ने आशा मर्ने उनको भनाइ छ ।

गोरखकाली रबर उद्योग गत २०७१ चैतदेखि पूर्ण रुपमा बन्द रहेको छ । ‘गोरखकाली रबर उद्योग भूतबंगला जस्तो भइसकेको छ, गँजडीहरुले गाँजा खाने थलो बनेको छ । उद्योगको नाममा जग्गा १० अर्बभन्दा धेरैको अन्य संरचनाहरु छन्’ सेक्रेटरी सीले भने, ‘चुनावी नारा लगाउने बेला हजारौं युवालाई रोजगार दिन्छौँ भन्ने, तर जितेर गएपछि फर्केर नआउने ? जनतासामु गरेको बाचा बन्धनलाई उलंङ्घन गर्ने ? सर्वसाधारण जनतालाई दीर्घकालसम्म कचकच गर्ने बानी नपरा धोका दिने यो कस्तो राजनीति हो ?’ तत्काल एउटा ठोस मोडालिटी बनाएर पुनसंचालन प्रक्रियामा जान सो पार्छीले आग्रह गरेको छ ।

‘चुनावअघि रबर उद्योगको गेटको बाटो झण्डा हल्लाउँदै ओहोरदोहोर गर्ने, भाषण गर्नुप¥यो भने गोरखकाली रबर उद्योग खोल्छु, पाँच हजार युवालाई रोजगार दिन्छु भन्ने, जितेर गइसकेपछि उद्योग खोल्नु नपर्ने ?’, अर्का बक्ता योगेन्द्र कुमालले भने, ‘एकातिर चारसय युवालाई रोजगार दिने उद्योग बन्द छ, अर्कातिर लाखौँ युवाहरु विदेश पलायन भएका छन् । यो देश साँच्चैको राष्ट्रवादी नेताले चलाएको हो भने युवालाई स्वेदशकै रोजगारी दिन रबर उद्योग सञ्चालन गर्नुपर्छ ।’ रबर उद्योग सञ्चालन गर्न दबाब दिन रिले अनशन, आमरण अनशन बस्न आफूहरु तयार रहेको उनले बताए ।

कोणसभा हुनअघि सो पार्टीले रबर उद्योग सञ्चालन गर्नुपर्ने भन्दै गोरखाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पनि बुझाएको थियो ।

images
प्रकाशित मिति :जेठ २६, २०८१ शनिवार - १०:२४:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology