एकेन्द्र खत्री, अछाम, १६ माघ । अछामको रामारोशनमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । कोरोना महामारीका कारण ८ सुनसान बनेको रामारोशन क्षेत्रमा अहिले भने चहलपहल बढ्न थालेको छ ।
गत चैत देखी लकडाउन हुँदा सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य रामारोशन क्षेत्र सुनसान थियो । तर एक महिनायता रामारोशनमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेको स्थानीय अर्जुन लुहारले बताउनुभयो । कोरोना अगाडी रामारोशन तालमा दैनिक २ सय देखी ३ सय सम्म पर्यटकहरु पुग्ने गरेका थिए । ६ बीचमा सुनसान बनेको रामारोशनमा हाल दैनिक ५० देखि ६० जनासम्म पर्यटक आउन पुग्ने गरेका छन् ।
कैलाशखोलाको मुहान रहेको रामारोशनमा प्रशस्तै गुफा र झरना छन् । रामारोशन क्षेत्रमा थुप्रै मैदानहरू छन्, तीमध्ये मुख्य किनिमिनी, रामे र रोशन क्षेत्रको अवलोकन गर्न प्रर्यटकहरु पुग्ने गरेको स्थानीय पुष्प विष्टले बताउनुभयो । रामारोशन घुम्न पुगेका पर्यटक रामारोशन तालमा डुङ्गा चढेर रमाउने गरेका छन् । पर्यटक बढ्न थालेपछि आम्दानी पनि बढ्न थालेको रामारोशन पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा चक्र रावल बताउनुहुन्छ ।
सरकारले घोषणा गरेको १ सय गन्तव्यमा परेको रामारोशन क्षेत्रलाइ थप प्रवर्द्धन गर्न सके पर्यटक बढ्ने तथा आय आर्जन पनि बढ्ने स्थानीय बताउँछन् ।