Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चिनीको मूल्य बढेकोमा राष्ट्रिय उपभोक्ता मञ्चले सरकारलाई ध्यानाकर्षण गरायो 

चिनीको मूल्य बढेकोमा राष्ट्रिय उपभोक्ता मञ्चले सरकारलाई ध्यानाकर्षण गरायो 

images

इच्छाकामना न्युज

१५, माघ २०७७
चिनीको मूल्य बढेकोमा राष्ट्रिय उपभोक्ता मञ्चले सरकारलाई ध्यानाकर्षण गरायो 
images

काठमाण्डौ, १५ माघ । राष्ट्रिय उपभोक्ता मञ्चले कृत्रिम रुपमा बढाइएको चिनीको मूल्य तत्काल नियन्त्रण गरी अनुचित व्यापारिक क्रियाकलाप गर्ने व्यवसायीहरुमाथि कारवाही गर्न सरकारसँग माग गरेको छ। उपभोक्ता मञ्चले विज्ञप्ति जारी गर्दै गत हप्तासम्म उपभोक्ताले साल्ट ट्रेडिङ्गको आउटलेटमा ७३ र अन्यको हकमा ८० रुपैया प्रति किलोमा खरिद गरिरहेको चिनी अहिले उपभोक्ताले बजारमा ९० देखि ९५ रुपैयाँ प्रतिकिलोमा खरिद गरिरहेकाले तत्काल आवश्यक कारवाही गरी मूल्य नियन्त्रण गर्न माग गरेको हो।
गत हप्तासम्म चिनी प्रतिकिलो ६८ रुपैयाँमा भ्याट बिलसहित बिक्री गरेता पनि इष्टिमेट बिल प्रयोग गरी थोक बिक्रेताहरुसँग ७८ रुपैयाँ प्रतिकिलोसम्म मूल्य लिने गरेको थोक बिक्रेताहरुको गुनासो गर्दै उद्योगीहरु आफैले कालोबजारी गर्दै राजस्व छल्ने काम समेत गर्दै आएको उपभोक्ता मञ्चले विज्ञप्तिमा उल्लेख गरेको छ । 
यस्तै साल्ट ट्रेडिङ्ग कर्पोरेशनले स्वदेश र विदेशबाट खरिद चिनीको मौजदात रहुञ्जेल खुद्रा मूल्य ७३ रुपैयाँमा बिक्री गरिरहेकोमा अहिले ८० रुपैयाँमा स्वदेशी उद्योगसँग खरिद गर्नु परेको जानकारी प्राप्त भएको मञ्चले जनाएको छ । 
यस्तै मञ्चले गत ५ महिना अगाडि नै स्वदेशी चिनी उद्योगहरुसँग चिनीको मौजदात सकिएको भनी नेपाल चिनी उद्योगसंघको तर्फबाट विज्ञप्ति सहित सार्वजनिक सूचना जारी गर्न लगाउने चिनी उद्योगहरुले कसरी चिनीको मूल्य एक्कासी बढाउने र बिक्री वितरण गर्न सक्षम भयो भन्ने सोचनीय विषय रहेकोमा ध्यानाकर्षण गराएको छ।

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - १९:२१:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology