Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भारतमा टमाटरको मूल्य प्रतिकेजी २ सय नाघेपछि नेपालबाट तस्करी

भारतमा टमाटरको मूल्य प्रतिकेजी २ सय नाघेपछि नेपालबाट तस्करी

इच्छाकामना न्युज

१, श्रावण २०८०
भारतमा टमाटरको मूल्य प्रतिकेजी २ सय नाघेपछि नेपालबाट तस्करी
images

काठमाडौं । भारतमा टमाटरको मूल्य आकासिएपछि नेपालबाट अवैध बाटो टमाटर तस्करी हुने गरेको रिपोर्ट सार्वजनिक भएको छ। भारतको उत्तर प्रदेशसँग जोडिएको सीमा नाकाबाट टमाटर तस्करी भइरहेको बीबीसी हिन्दीले जनाएको छ।

images
images

भारतमा टमाटरको मूल्य रु २ सय नाघेको छ। भारतको भन्सार विभागले हालै ३ हजार ६० किलो टमाटरसहित दुईवटा पिकअप नियन्त्रणमा लिएको छ। नेपालबाट ठूलो मात्रामा टमाटर तस्करले भारत पुर्‍याइरहेको दावी बीबीसीले गरेको छ।

नेपालगन्जमा टमाटरको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। सल्यानको कपुरकोटबाट ट्रकमा बोकेर आउने टमाटरमध्ये ६० प्रतिशत नेपालगन्जमा खपत हुने र ४० प्रतिशत भारतमा निकासी हुने गरेको व्यापारी मोहम्मद सलिम राईले बताए। करिब एक महिनादेखि नेपालबाट टमाटर भारत पठाइँदै आएको जानकारी उनले दिएका छन्।

नेपालगञ्जको रानीतलाउस्थित तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष मोतिसारा थापाले नेपालगन्जबाट दैनिक १५ देखि २० टन टमाटर भारत पठाइने भए पनि अहिले नेपालगन्ज भन्सार कार्यालयले पठाउन गाह्रो भएको बताए। उत्तर प्रदेश महाराजगञ्जका स्थानीय पत्रकार आशिष सोनीका अनुसार नेपाल–भारत सीमामा असारदेखि टमाटरको तस्करी भइरहेको छ।

सीमामा टमाटर तस्करी गर्ने एक युवाले भने, ‘नेपालमा टमाटरको मूल्य भारतीय मुद्रामा प्रतिकिलो ४० देखि ६० नेपाली रुपैयाँ रहेकोमा २४ देखि ३८ भारतीय रुपैयाँ पर्छ, नेपालको लुम्बिनी जिल्लाको रुपन्देही, कपुरकोट र अर्घाखाँचीका मण्डीबाट यी टमाटर किनेर भारत पठाइन्छ ।’

images
प्रकाशित मिति :श्रावण १, २०८० सोमवार - ०९:५७:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology