Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

सुरक्षाको कारण देखाउँदै रक्सौल डिपो बन्द गर्ने निर्णय 

सुरक्षाको कारण देखाउँदै रक्सौल डिपो बन्द गर्ने निर्णय 

images
सुरक्षाको कारण देखाउँदै रक्सौल डिपो बन्द गर्ने निर्णय 
images

बिरगंज, ५ माघ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले सुरक्षाको कारण देखाउँदै रक्सौल डिपो बन्द गर्ने निर्णय गरेको छ। निगमको निर्णयपछि रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात गरिरहेका बारा र पर्साका पेट्रोलियम व्यवसायीले नेपाल आयल निगमको प्रादेशिक कार्यालयबाट खरिद गर्नुपर्ने भएको छ।
आयल निगमका अनुसार सुरक्षाको कारण देखाउँदै पछिल्लो २ वर्षदेखि भारतले उक्त डिपो बन्द गर्न लागेको नेपाललाई बताउँदै आएको थियो। रक्सौल डिपोबाट लोड भई निगमको शाखा कार्यालय वीरगञ्जबाट बिलिङ गर्दै आएका पेट्रोलियम पदार्थका अधिकृत बिक्रेताले अब प्रदेश नम्बर २ को प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ लिने र बिलिङ गर्नुपर्ने भएको हो। 
अहिले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। इन्डियन आयल कर्पोरेसनको मोतीहारी डिपो निर्माणको क्रममा रहेकाले पाइपलाइन पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको हो।
रक्सौल डिपो बन्द हुने र अमलेखगञ्ज डिपोमा चलिरहेको निर्माण कार्यका कारण पाइपलाइनबाट पनि पूर्ण क्षमतामा पेट्रोलियम पदार्थ आपूर्ति नहुने भएपछि निगमले यस्तो वैकल्पिक व्यवस्था गरेको हो। रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ ल्याउन बन्द भएपछि बारा र पर्साका अधिकृत बिक्रेताहरुले पेट्रोलियम पदार्थ डिलर्स एसोसियसनको समन्वयमा  नेपाल आयल निगमसँग वार्तापछि गरी प्रदेश नम्बर २ को प्रादेशिक कार्यालयबाट खरिद गर्ने सहमति जनाइसकेका छन्।

images
प्रकाशित मिति :माघ ५, २०७७ सोमवार - ०९:४६:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology