Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मुग्लिन बजार चोकको मुख्य सडकमा धर्ना बसेका लघुवित्त पिडित माथि प्रहरीद्वारा अश्रुग्याँस प्रहार, १ जना घाईते

मुग्लिन बजार चोकको मुख्य सडकमा धर्ना बसेका लघुवित्त पिडित माथि प्रहरीद्वारा अश्रुग्याँस प्रहार, १ जना घाईते

images

इच्छाकामना न्युज

४, बैशाख २०८०
मुग्लिन बजार चोकको मुख्य सडकमा धर्ना बसेका लघुवित्त पिडित माथि प्रहरीद्वारा अश्रुग्याँस प्रहार, १ जना घाईते
images

मुग्लिन । हिजो बिहानदेखि मुग्लिन बजार चोकमा राजमार्ग छेकेर धर्ना बसेका लघुवित्त पिडितहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

प्रदर्शनकारीहरु तितरबितर गराउन प्रहरीले दुईसेल अश्रुग्याँस प्रहार गरेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि अश्रुग्याँस प्रहार गरिएको उनले बताए ।

336783356_777167107054259_3905669773627711549_n.jpg

अश्रुग्याँस प्रहारपछि भीड तितरबितर भएको छ । एकजना घाइते भएका छन् । उनको स्थानीय हाइवे अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

लघुवित्त पिडितहरुले सोमबार बिहान १० बजेदेखि पृथ्वीराजमार्ग छेकेर प्रदर्शन गरिरहेका थिए । राजमार्गमा धर्नाका कारण मुग्लिन हुँदै काठमाडौँ, पोखरा, चितवन जाने यात्रुहरु हैरान भएका थिए ।

aandolan.jpg

विभिन्न जिल्लाहरुबाट आएका प्रदर्शनकारीहरु आइतबारदेखि सडकमै पकाउने, खाने, सडकमै सुत्ने गरेका छन् ।

336779711_1011473809832704_1471337838316779135_n.jpg

images
प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - १३:५७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology