कुरिनटार । चितवनको कुरिनटारमा रहेको लम्साल सपिङ कम्प्लेक्स सिजिको आउट स्टयाण्डिङ पर्फमेन्स अवार्डबाट सम्मानित भएको छ । सोमबार सिद्धार्थ रिसोर्ट चुम्लिङ्गटारमा सम्पन्न चौधरी ग्रुपको सि.जि. स्मार्ट डोमेस्टिक एप्लाइन्सेन्स (एस.डि.ए.) र अमेरिकन ब्राण्ड ब्ल्याक एंड डेकरको रिटेलर मिट कार्यक्रममा लम्साल सपिङ कम्प्लेक्सलाई उक्त अवार्डले सम्मानित गरेको हो । सि जि ले बागमती प्रदेशका सम्पुर्ण रिटेलरहरुको उपस्थितीमा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको थियो ।
लम्साल सपिङ कम्प्लेक्सकी प्रोप्राइटर सुमित्रा लम्सालले दिप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गर्नु भएको थियो । बि.यु.एच धर्मेन्द्र जोशी सि.जि.का सेल्स हेड मनमोहन झा लगाएतको उपस्थिती रहेका थिए । कार्यक्रममा सेल्स इन्चार्ज मोहन श्रेष्ठले आकर्षक स्किमको घोषणा गर्नुभएको थियो ।

सि.जि. मेरिडिया र अमेरिकन ब्राण्ड ब्ल्याक एंड डेकरका घरायसी सामाग्रीहरुको प्रदर्शनी गर्नुका साथै आफ्ना प्रोडक्टहरु एवम् आउँदै गरेको नयाँ प्रोडक्टहरुको बारेमा पी.पी. एम.का राजवंशीले जानकारी गराउँनु भएको थियो ।
सो अवसरमा आफ्ना डिलरहरुलाई विभिन्न विद्यामा अवार्ड प्रदान गरिएको थियो । आउट स्टयाण्डिङ पर्फमेन्सबाट लम्साल सपिङ कम्प्लेक्स कुरिनटार, बेष्ट सेल्स अवार्ड एस आर ट्रेडर्स धादिङवेसी र आउट स्टयाण्डिङ अवार्ड भिम इलेक्ट्रोनिक्सले प्राप्त गरेका थिए । कार्यक्रममा १०० जना भन्दा बढी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
सि.जि.को आयोजना र लम्साल सपिङ कम्प्लेक्स कुरिनटारको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल कै सबै भन्दा ठुलो र नं.१ ब्राण्ड रहेको यस सि।जि।कम्पनीको देशभर ५०० भन्दा बढि डिलर रहेको छ ।