Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

हेल्भेटासको सहयोगमा मुग्लिनमा ९६ घण्टे ‘फ्रन्ट अफिस रिसेप्सन तालिम’ सुरु

हेल्भेटासको सहयोगमा मुग्लिनमा ९६ घण्टे ‘फ्रन्ट अफिस रिसेप्सन तालिम’ सुरु

images

इच्छाकामना न्युज

५, चैत्र २०७९
हेल्भेटासको सहयोगमा मुग्लिनमा ९६ घण्टे ‘फ्रन्ट अफिस रिसेप्सन तालिम’ सुरु
images

मुग्लिन । हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा प्राविधिक शिक्षालय/व्रिलियन्ट मेनपावर ट्रेनिङ्ग सेन्टर एवं चितवन होटल व्यवसायी संघ, इच्छाकामना इकाइको सहकार्यमा आइतबार देखि इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिन स्थित नेवार गुठी समाजको सभाहलमा ९६ घण्टे ‘फ्रन्ट अफिस रेसेप्सन तालिम’ सुरु भएको छ ।

चितवन होटल व्यवसायी संघ इच्छाकामना इकाइका अध्यक्ष मिनबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष यज्ञ बहादुर कार्की र विशिष्ट अतिथिको रुपमा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक विशाल तामाङ रहनुभएको थियो।

उद्घाटन कार्यक्रममा चितवन होटल व्यवसायी संघका सदस्य प्रकाश त्रिपाठी, इच्छाकामना इकाईका पुर्वअध्यक्षहरु दलबहादुर बुढाथोकी,लालिराम कंडेल, राम पाण्डे लगायतका इकाईका पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो।

होटल ब्यवसायी संघ चितवनका महासचिव सुरेन्द्र केसीले सञ्चालन गरेका कार्यक्रममा सक्षम त्रिपाठीले स्वागत मन्तव्य दिएका थिए।

दैनिक आठ घण्टाको दरले १२ दिन सम्म चल्ने सो तालिममा ७ महिला सहित २० जनाको सहभागीता रहेका छन्ता तालिममा विनोद पौडेल तथा सौरभ गुरुङले सहजिकरण गर्ने छ ।

images
प्रकाशित मिति :चैत्र ५, २०७९ आइतवार - २१:५०:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology