Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनका प्रजिअ र दुई एसपीलाई उद्योग वाणिज्य संघको स्वागत 

चितवनका प्रजिअ र दुई एसपीलाई उद्योग वाणिज्य संघको स्वागत 

इच्छाकामना न्युज

९, फाल्गुण २०७९
चितवनका प्रजिअ र दुई एसपीलाई उद्योग वाणिज्य संघको स्वागत 

चितवन । उद्योग वाणिज्य संघ–चितवनले चितवनका सरकारी कार्यालयका प्रमुखहरूलाई स्वागत गरेको छ। जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्की, सशस्त्र प्रहरी बल हेडक्वाटर चितवन नं.१७ गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक (एसपी) शशी पाण्डेलाई सयुक्त रूपमा स्वागत गरेको हो। 

images

निजी व्यवसायीहरूको छाता संस्था र सरकारी संस्थाका प्रमुखहरूबीच समन्वयात्मक हिसाबले काम गर्नुपर्ने हुँदा परिचय स्थापित गराउनका लागि जिल्लाका प्रशासकहरूलाई संघमा स्वागत गरिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रैष्ठले बताए । 

चितवन जिल्लाको समग्र आर्थिक एवम् समाजिक विकासको लागि सबै निकायस“ग हातेमालो आवश्यक पर्ने हुँदा आगामी दिनमा पनि त्यसरी नै काम गर्दै जाने अध्यक्ष श्रेष्ठले बताए। 
संघका पूर्वअध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सहनलाल प्रधानले उद्योग वाणिज्य संघ व्यवसायीहरूको संस्था भए पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यमा पनि निरन्तर लागिरहेको जानकारी गराए। 

चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चितवन आर्थिक, सामाजिक एवम् रणनैतिक हिसाबले मह¤वपूर्ण जिल्ला भएको बताए। चितवनमा रात्रिकालीन बजार सञ्चालनको लागि व्यावसायिक संघ संस्थासँगको समन्वयमा निश्चित क्षेत्र पहिचान गरी अनुमति दिन सकिने बताए। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले व्यावसायीहरूका गुनासा सम्बोधन गर्ने गरी काम गर्ने प्रतिवद्धता जनाए। व्यवसायीका समस्यालाई समधान गर्ने विषयमा व्यावसायिक संघसंस्थाकै प्रतिनिधिसँग छलफल गरेर काम गर्ने उनको भनाइ छ। 

सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर चितवन नं.१७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शशी पाण्डेले जिल्लाको शान्ति सुरक्षा सामान्य जनतालेसमेत महसुस गर्ने गरी काम गर्ने बताए। 
कार्यक्रममा संघका पूर्वअध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीलगायत करिब ५० जनाको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए। 

images
प्रकाशित मिति :फाल्गुण ९, २०७९ मंगलवार - ०८:५२:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology