Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
२०८३, कार्तिक १२ गते
TRENDING
images

घरको छत,टिनको छाना र एसीको पानी सडकमा नफाल्न भरतपुर–१ को आग्रह

घरको छत,टिनको छाना र एसीको पानी सडकमा नफाल्न भरतपुर–१ को आग्रह

images

इच्छाकामना न्युज

१२, कार्तिक २०८३
घरको छत,टिनको छाना र एसीको पानी सडकमा नफाल्न भरतपुर–१ को आग्रह
images

चितवन। भरतपुर महानगरपालिका वडा नम्बर १ कार्यालयले घरको छत, टिनको छाना तथा एसीबाट निस्कने पानी सडक र सडकपेटीमा खस्ने गरी नराख्न वडावासीलाई आग्रह गरेको छ। वडा कार्यालयले सूचना जारी गर्दै पानीको उचित व्यवस्थापन गर्न सम्बन्धित घरधनी तथा व्यवसायीलाई निर्देशन दिएको हो।  

वडा कार्यालयका अनुसार घरको छत, टिनको छाना र एसीबाट निस्कने पानी सिधै सडकपेटी तथा सडकमा खस्दा पैदलयात्री र सवारीसाधनमा यात्रा गर्ने यात्रुहरू प्रभावित हुने गरेका छन्। यसका साथै पिच सडक तथा मोज्याक टायलसमेत क्षतिग्रस्त हुने समस्या देखिएको सूचनामा उल्लेख छ। वडा कार्यालयले यसअघि पनि पटक–पटक सूचना प्रकाशित गरी पानीको उचित निकास व्यवस्थापन गर्न आग्रह गरेको जनाएको छ।

कार्यालयले २०८० साल असार २०, कात्तिक १५, मंसिर ५ तथा २०८१ साल असार १३ गतेसमेत यससम्बन्धी सूचना प्रकाशित गरेको थियो। तर कतिपय घरधनी तथा व्यवसायीले अझैसम्म पानी निकासको उचित व्यवस्थापन नगरेको भन्दै वडा कार्यालयले पुनः सूचना जारी गर्नु परेको वडा अध्यक्ष केशव महर्जनले जानकारी दिए । सूचनामा अबको एक साताभित्र घरको छत, टिनको छाना र एसीबाट निस्कने पानी जमिनसम्म पाइप जडान गरी उचित निकासको व्यवस्था गर्न भनिएको छ।

तोकिएको समयभित्र पानी निकासको उचित व्यवस्थापन नगरेमा सम्बन्धित पक्षलाई भरतपुर महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिने वडा कार्यालयले चेतावनी दिएको छ।  वडा अध्यक्ष केशव महर्जनद्वारा जारी सूचनामा सार्वजनिक सडक तथा सडकपेटीको संरक्षण र पैदलयात्रीको सहज आवागमनका लागि सबै घरधनी तथा व्यवसायीलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ।

images
प्रकाशित मिति :कार्तिक १२, २०८३ बुधवार - १४:३९:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology