Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

नेपालमा विदेशबाट हुने वस्तुको आयात घट्यो 

नेपालमा विदेशबाट हुने वस्तुको आयात घट्यो 

images

इच्छाकामना न्युज

१०, माघ २०७९
नेपालमा विदेशबाट हुने वस्तुको आयात घट्यो 
images

काठमाण्डौ । नेपालमा विदेशबाट हुने वस्तुको आयात घटेको छ । गएको मङ्सिर महिनाको तुलनामा पुस महिनामा आयात पाँच अर्बले कम भएको भन्सार विभागले जनाएको छ । मङ्सिरमा एक खर्ब ३२ अर्ब रुपैयाँको सामान आयात भएकोमा पुसमा एक खर्ब २७ अर्ब रुपैयाँको सामान आयात भएको भन्सार विभागले जनाएको छ ।

यससँगै चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । जुन गत वर्षको ६ महिनाको तुलनमा २० प्रतिशतले कम हो । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा ९ खर्ब ९९ अर्ब ३४ करोडको सामान आयात भएको थियो ।

विभागका अनुसार आर्थिक वर्षका सुरुका ६ महिनामा निर्यात पनि घटेको छ । गत वर्ष यो अवधिमा १ खर्ब १८ अर्ब बराबरको निर्यात भएकोमा यो आर्थिक वर्षको सुरुका ६ महिनामा ८० अर्ब ८० करोड बराबरको सामान निर्यात भएको छ । निर्यात घटे पनि यस अवधिमा व्यापारघाटा कम देखिएको छ । गत वर्ष ८ खर्ब ८० अर्ब रहेको व्यापार घाटा अहिले ७ खर्ब ११ अर्बमा आइपुगेको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - ०८:५६:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology