काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार ६ सय रुपैयाँ कायम भएको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य भने घटेको छ। मंगलबार प्रतितोला तीन हजार ६७५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर तीन हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।