Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

मध्यावधि निर्वाचनमा हार स्वीकार्दै ट्रम्प, डेमोक्रेटसँग सहकार्य गर्ने संकेत

मध्यावधि निर्वाचनमा हार स्वीकार्दै ट्रम्प, डेमोक्रेटसँग सहकार्य गर्ने संकेत

images

इच्छाकामना न्युज

१९, कार्तिक २०८३
मध्यावधि निर्वाचनमा हार स्वीकार्दै ट्रम्प, डेमोक्रेटसँग सहकार्य गर्ने संकेत
images

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले अमेरिकी प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) को नियन्त्रण लिए पनि त्यसको परिणाम स्वीकार्दै उनीहरूसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ ।

द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले निर्वाचनको परिणाम स्वीकार्न आफू पूर्ण रूपमा तयार रहेको बताउँदै डेमोक्रेटहरूसँग सहकार्य गरेर केही काम गर्न सकिने उल्लेख गर्नुभएको छ । मध्यावधि निर्वाचनको प्रारम्भिक अनुमानअनुसार डेमोक्रेटहरूले प्रतिनिधिसभामा बहुमत हासिल गर्ने र सिनेटमा पनि उल्लेख्य सफलता पाउने देखिएपछि राष्ट्रपति ट्रम्पले निर्वाचनको जिम्मेवारीबाट आफूलाई अलग राख्ने प्रयास गर्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफू निर्वाचनको मतपत्रमा नरहेको उल्लेख गर्दै आफू उम्मेदवार भएको भए रिपब्लिकनहरूले भारी मतान्तरले जित्ने दाबी गर्नुभएको छ । यद्यपि, मध्यावधि निर्वाचन अभियानका क्रममा उहाँले मतदातालाई आफू पनि मतपत्रमा रहेको जस्तो ठानेर मतदान गर्न आग्रह गर्नुभएको थियो ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार डेमोक्रेटहरूले आगामी वर्षको सुरुदेखि प्रतिनिधिसभाको नियन्त्रण पुनः प्राप्त गर्ने पर्याप्त सिट जित्ने अनुमान गरिएको छ । यसले राष्ट्रपति ट्रम्पको विधायिकी कार्यसूची अघि बढाउन कठिन बनाउनेछ । साथै, उहाँको कार्यकालका अन्तिम दुई वर्षमा ह्वाइट हाउस र ट्रम्पका व्यावसायिक गतिविधिमाथि डेमोक्रेटहरूले अनुसन्धान अघि बढाउन सक्नेछन् ।

डेमोक्रेटहरूले प्रतिनिधिसभामा नियन्त्रण कायम गरेमा अल्पमत नेता हाकिम जेफ्रीज सभामुख बन्ने सम्भावना छ । उहाँ निर्वाचित भए अमेरिकी इतिहासमा प्रतिनिधिसभाको पहिलो अफ्रिकी अमेरिकी सभामुख बन्नुहुनेछ ।

सिएनएनले डेमोक्रेटहरूले तल्लो सदनमा बहुमत हासिल गर्ने अनुमान गरेको छ । एनबीसी न्युजले पनि डेमोक्रेटहरूले कम्तीमा २४४ सिट जितेर प्रतिनिधिसभामा बहुमत कायम गर्न सक्ने प्रक्षेपण गरेको छ । यसले वासिङ्टनको शक्ति सन्तुलनमा महत्त्वपूर्ण परिवर्तन ल्याउने र ट्रम्प प्रशासनमाथि संसदीय निगरानी बढाउने देखिएको छ ।

रिपब्लिकनहरूका लागि निराशाजनक परिणाम देखिएको दक्षिण क्यारोलिनामा एनी एन्ड्र्युजले ट्रम्पका निकट सहयोगी स्वर्गीय लिन्डसे ग्राहमकी बहिनी डार्लिनलाई पराजित गर्नुभएको छ । विजयपछि एन्ड्र्युजले पक्षपातपूर्ण विभाजन, व्यक्तिगत आरोपप्रत्यारोप र अर्बपति तथा शक्तिशाली स्वार्थ समूहको प्रभाव रहेको अमेरिकी राजनीतिमा आफूहरू नझुक्ने बताउनुभएको छ । उहाँले आफ्नै राजनीतिक बाटो निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभामा डेमोक्रेटहरूको नियन्त्रण कायम भएमा उनीहरूले राष्ट्रपति ट्रम्पको प्रशासनमाथि अनुसन्धान गर्न समन जारी गर्ने र आवश्यक कागजात तथा विवरण माग गर्ने संसदीय अधिकार प्रयोग गर्न सक्नेछन् । यसले उहाँको कार्यकालको बाँकी दुई वर्षमा प्रशासनमाथिको निगरानी र राजनीतिक दबाब थप बढाउने अपेक्षा गरिएको छ । रासस

 

images
प्रकाशित मिति :कार्तिक १९, २०८३ बुधवार - ११:३४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology