Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

चितवनमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ,१ लाख भन्दा बढी नगद बरामद

चितवनमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ,१ लाख भन्दा बढी नगद बरामद

images

इच्छाकामना न्युज

१९, कार्तिक २०८३
चितवनमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ,१ लाख भन्दा बढी नगद बरामद
images

चितनव । चितवनमा प्रहरीले दुई दिनको अवधिमा जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ११ हजार ९ सय ८५ रुपैयाँ र १२ बुक तास बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलवार खैरहनी नगरपालिका–८ स्थित पानीट्यांकी चोकमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नगद ७७ हजार ९ सय ९५ रुपैयाँ र १० बुक ताससहित नियन्त्रणमा लिएको हो।
गए राति करिब १ बजे भरतपुर महानगरपालिका–१६ स्थित नवीन चोकबाट थप ५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद ३३ हजार ९ सय ९० रुपैयाँ र २ बुक ताससहित नियन्त्रणमा लिएको हो।प्रहरीले दुवै घटनामा पक्राउ परेका १३ जनामाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक १९, २०८३ बुधवार - १०:५३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology