Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

तेह्रथुममा ढाका बुनाई तथा ढाका व्यवसायीलाई सम्मान तथा प्रविधि हस्तान्तरण 

तेह्रथुममा ढाका बुनाई तथा ढाका व्यवसायीलाई सम्मान तथा प्रविधि हस्तान्तरण 

images

इच्छाकामना न्युज

१३, पौष २०७७
तेह्रथुममा ढाका बुनाई तथा ढाका व्यवसायीलाई सम्मान तथा प्रविधि हस्तान्तरण 
images

विकास गुरुङ्, तेह्रथुम, १३ पुस । तेह्रथुमको म्याङलुङ नगरपालिकाले नगर भित्र रहेर ढाका बुनाई तथा ढाका व्यवसाय गरिरहेका एक सय तिन जना ढाका उद्यमी र व्यवसायीलाई सम्मान तथा प्रविधि हस्तान्तरण गरेको छ । गरिब लक्षित उपमेयर कार्यक्रम अन्तरर्गत तेह्रथुमे ढाका उद्यमीहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रमका साथै नगरले ८० जना उद्यमीलाई प्रविधि हस्तान्तरण तथा २३ जना उद्यमी र व्यवसायीहरुलाई सम्मान गरिएको उपमेयर पार्वती सानु डाँगीले बताउनुभयो । 
तेह्रथुमे ढाका कपडा बुनकर तथा उद्यमीहरुलाई कपडाको स्तर, ज्याला र मुल्य निर्धारण गरि बिक्रि गरिने ट्रेडमार्क प्रयोग गर्न सके डुब्लीकेसनबाट बचाई मागमा वृद्धि गर्न सकिने नगर लघु उद्यमी संघका अध्यक्ष रामसिंह आलेले कार्यपत्र मार्फत् बताउनुभयो । जिल्लामा ढाका व्यवसायीहरु धेरै भएपनि ढाका कपडाको स्तर निर्धारण नहुनु, बजार सम्भाव्यताको समुहगत रुपमा अध्ययन नहुनु, ढाका बुनकरहरुको जीबन बृद्धी सम्बन्धी कुनै कोष नहुनुले वास्तविक उत्पादन गर्ने उद्यमी ओझेलमा परिरहेको उद्यमीहरुले बताएका छन् ।
जिल्लामा बाहिर उत्पादीत ढाका कपडालाई तेह्रथुमे ढाका कपडा भनि उपभोक्तालाई झुक्याउने अवस्थालाई ट्रेडमार्कले अन्त्य गरिदिने हुनाले यसका लागि सम्वन्य अगाडी बढाईरहेको जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख शिवप्रसाद ढुङ्गानाले बताउनुभयो ।

 

images
प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - ०९:३३:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology