Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पर्यटन

कोरोना महामारीपछि पर्यटन क्षेत्र लयमा फर्कँदै 

कोरोना महामारीपछि पर्यटन क्षेत्र लयमा फर्कँदै 

सिआईएन

२९, श्रावण २०७९
कोरोना महामारीपछि पर्यटन क्षेत्र लयमा फर्कँदै 
images

सजना तिमल्सिना, काठमाडौँ । सन् २०१९ मा कोरोना महामारी सुरु भएपछि झण्डै दुई वर्ष ठप्प जस्तै भएको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ । ३ वर्ष अघि ५८ हजार ८ सय ११ जना पर्यटक नेपाल भित्रिएकोमा गत महिनामा मात्रै ४४ हजार ४६२ जना नेपाल आएका नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । नेपाल भित्रने पर्यटकको सङ्ख्या बढ्न थालेपछि व्यावसायी खुसी भएका छन् ।

images
images

क्षेत्रीय होटल सङ्घ सौराहका अध्यक्ष दीपक भट्टराईले सीआईएनसँग कुरा गर्दै अहिले चितवनमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने क्रम बढ्दै गएको बताउनुभयो । यसले कोरोना महामारीका कारण ठप्प जस्तै भएको पर्यटन क्षेत्र चलायमान भएको छ ।

सन् २०१९ को जुलाईमा ५८ हजार ८ सय ११ जना पर्यटक नेपाल भित्रिएकोमा गत महिना ४४ हजार ४६२ जना नेपाल आएका छन् ।सन् २०२१ मा २ हजार ९ सय ९१ जना र २०२० मा २११ जना पर्यटक मात्रै नेपाल भित्रिएका थिए ।

नेपाल पर्यटन बोर्डका सहप्रवक्ता मणिराज लामिछाने घुम्न आउँने मान्छेसँग समय कम हुने भएकाले थोरै समयका लागि भएपनि नेपाल आउने गरेका बताउनुहुन्छ । यसरी आउने बाह्य पर्यटकमा भारतीय धेरै छन् ।

त्यसपछि बङ्गलादेश, चीन, फ्रान्स लगायतका देशका नागरिक पनि घुम्ने गरि नेपाल आइरहेका छन् । उनीहरूलाई सहुलियत प्रदान गर्न सकेको घुम्न आउँने विदेशीको सङ्ख्या बढ्ने व्यावसायी बताउँछन् । पर्यटकलाई दैनिक कम्तिमा ५० डलरसम्म खर्च गर्ने व्यवस्था गर्न सके नेपाललाई फाइदा पुग्ने ललितपुरका बालसुदन राजभण्डारीको भनाइ छ ।

पर्यटन बोर्डका अनुसार बाह्य पर्यटकहरू कम्तिमा ३ दिन र बढिमा १ सय दिनसम्म घुम्ने गरि आउने गरेका छन् । उनीहरूले दैनिक ४६ डलर अर्थात झण्डै ६ हजारदेखि तीन हजार डलरसम्म अर्थात ३ लाख ८१ हजार सम्म खर्च गर्ने गरेको तथ्याङ्क छ ।

उनीहरूलाइ गर्ने स्वागत सत्कार, सरसफाइ, खाना बस्नको गूणस्तरियाता लगाएतमा बृद्धि गर्न सके पर्यटक बढ्ने तथा फेरि फेरि आउने भएकाले सरकारले नै यस्तो वातावरण बनाउन ध्यान दिनुपर्ने होटल सङघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताउनुभयो ।

तथ्याङ्क अनुसार गत पुस १७ गते यताको सात महिनामा २ लाख ८५ हजार विदेशी नेपाल घुम्न आएका छन् । बाह्यपर्यटकहरू बढ्दै गर्दा व्यावसायी मात्रै खुसी भएका छैनन् दबाबमा रहेको देशको आर्थिक अवस्थामा सुधार हुने अपेक्षा पनि बढेको छ ।  

images
प्रकाशित मिति :श्रावण २९, २०७९ आइतवार - १०:०३:१० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology