Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम सूचीबाट हट्यो

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम सूचीबाट हट्यो

images

इच्छाकामना न्युज

१८, कार्तिक २०८३
मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम सूचीबाट हट्यो
images

काठमाडौँ  । मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ । बाँकेमा मृत्यु भएका र दोहोरो मतदाता नामावलीमा नाम रहेका व्यक्तिको विवरण अद्यावधिक गर्नेक्रममा तीन हजार ५० जनाको नाम मतदाता नामावलीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ ले निर्दिष्ट गरेको प्रक्रियाअनुसार २०८३ भदौ १५ गतेसम्म सङ्कलन तथा अद्यावधिकका लागि प्राप्त विवरण समावेश गरी उक्त नाम हटाइएको हो । “मृत्यु भएको भनेर स्थानीय तहले प्रमाणित गरेर पठाएपछि मृत्यु भएका र दुई जिल्ला वा दुई स्थानमा दोहोरो नामावली फेला परेका मतदाताको नाम हटाइएको छ”, प्रमुख शाहीले भन्नुभयो । मतदाता नामावली अद्यावधिक गर्दा सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकाबाट मात्रै ८२० जनाको नाम हटाइएको छ ।
त्यस्तै, कोहलपुर नगरपालिकाबाट ७६६ जना, राप्तीसोनारी ३७१, डुडुवा, १७७, खजुरा ३२०, बैजनाथ २८९, जानकी १८६ र नरैनापुर गाउँपालिकाबाट १२१ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ । जिल्ला निर्वाचन कार्यालय, बाँकेका अनुसार विसं २०८२ चैत २२ देखि २०८३ असोज २२ सम्म अनलाइन आवेदनबाट तीन हजार ४९६ र राष्ट्रिय परिचयपत्रमार्फत १० हजार ४०१ गरी कूल १३ हजार ८९७ जनाले मतदाता परिचयपत्रका लागि नाम दर्ता गरेका थिए । यसमध्ये छ हजार ७१३ महिला र सात हजार १८४ पुरुष छन् ।रासस
 
 

images
प्रकाशित मिति :कार्तिक १८, २०८३ मंगलवार - १२:४१:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology