चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ६ लाख बढी मूल्यको पटाकाजन्य विष्फोटक पदार्थ बरामद गरेको छ ।झिरझिरे,खुर्सानी,चक्र,रकेट लगायतका पटाकाजन्य विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको हो ।
८० हजार ३७२ पिसको पटाकाको बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ चितवन प्रहरीले जनाएको छ । यस्तै प्रहरीले १ लाख ७२ हजार ३ सय नेपाली रुपैयाँ समेत बरामद गरेको छ ।
पक्राउ पर्ने व्यक्तिहरू भारतीय नागरिक मोतिहारी जिल्ला घर भई हाल चितवन कालिका नगरपालिका वडा नं. ०६ हरिहरटोल बस्ने वर्ष ४१ को सन्जय साह तेली, मोतिहारी घर भइ हाल भरतपुर महाननगरपालिका वडा नं. ०३ बाह्रघरे बस्ने वर्ष २९ का राज जैशवाल भन्ने कन्हैया कुमार रहेका छन् ।