Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

images

इच्छाकामना न्युज

१८, कार्तिक २०८३
मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
images

भद्रपुर(झापा) मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार साउनदेखि असोजसम्म रु चार अर्ब ९२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु चार अर्ब ६७ करोड सात लाख ७३ हजार सङ्कलन गरेको हो । यस अवधिमा निर्धारित लक्ष्यको ९४ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन भएको हो ।

महिनागत विवरणअनुसार साउनमा रु एक अर्ब ४३ करोड ५० लाख लक्ष्य रहेकामा रु एक अर्ब २७ करोड ९८ लाख ३७ हजार सङ्कलन भएको थियो । त्यस्तै, भदौमा रु एक अर्ब ६४ करोड लक्ष्य रहेकामा रु एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

असोजमा भने राजस्व सङ्कलन थप बढेको देखिन्छ । उक्त महिनामा रु एक अर्ब ८४ करोड ५० लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु एक अर्ब ८३ करोड ७३ लाख ९८ हजार सङ्कलन भएको छ । यो असोज महिनाको लक्ष्यको ९९ दशमलव ५९ प्रतिशत हो । कार्यालयका अनुसार, गत आर्थिक वर्षको तीन महिनाको सोही अवधिमा रु चार अर्ब १५ करोड २० लाख नौ हजार सङ्कलन भएको थियो ।

 
 

images
प्रकाशित मिति :कार्तिक १८, २०८३ मंगलवार - १३:०९:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology