Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बाजुरामा तरकारीको मूल्य आकाशियो 

बाजुरामा तरकारीको मूल्य आकाशियो 

बाजुरामा तरकारीको मूल्य आकाशियो 
images

जीवन कैला, बाजुरा, ४ पुस । बाजुरामा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । बाजुराका विभिन्न स्थानिय बजारमा बिक्रि वितरण भइरहेका दैनिक उपभोग्य वस्तुको मूल्य छोई नसक्नुभएको हो । 
बाजुराका ब्यापारीक केन्द्र कोल्टी, पीलुचौर, धुलाचौर र भारतीकौषाडी हाटबजार लगायतका स्थानिय बजारमा खाद्यान्न भन्दा तरकारीको मूल्य अत्याधिक वृद्धि भएको स्थानिय बताउँछन् ।स्थानिय स्तरमा उत्पादित तरकारीको दर रेट कायम नहुँदा तरकारी व्यापारीले फरक–फरक मूल्य कायम गर्दा उपभोक्ता समस्यामा परेका हुन् । लकडाउनको समस्या देखाउँदै कोल्टीका व्यापारीहरुले तरकारीको मूल्य दिनप्रतिदिन वृद्धि गर्दै आएका उपभोक्ताको गुनासो छ । पहिले ३० रुपैयाँमा पाईने आलुको मूल्य अहिले किलोको ७० पुगेको छ । 
त्यस्तै प्याज किलोको २ सय ६० पुगेको र टमाटरको मूल्य १ सय रुपैयाँ पुगेको छ ।स्थानिय स्तरमा उत्पादन भएको तरकारीको अभाव कायमै रहेको र बाहिरबाट तरकारी आयात नहुँदा मूल्य वृद्धि भएको व्यावसायीहरुको भनाइ छ । स्थानिय सरकारले बजार व्यवस्थापन गरिदिन तरकारी किसानले आग्रह गरेका छन् । तरकारीको मूल्य कायम र उचित बजारको व्यवस्थापन नहँुदा किसानले फलाएको तरकारी सदुपयोग हुन नसकेको किसानहरुको गुनासो छ ।  

images
images

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - ०९:४८:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology